पोखरा
स्वतन्त्र पत्रकार सघं नेपालको १२ औं स्थापना दिवस, साधारण सभा तथा छैटौं अधिवेशन एवम् पत्रकार महिला सम्मान समारोह कार्यक्रम सम्पन्न भएको छ । यस वर्षको पत्रकार महिला सम्मानमा खोज मिडियाकी रजनी तामाङ स्याङ्बो सम्मानित भएकि छन् । स्वतन्त्र पत्रकार संघ नेपालद्वारा पत्रकार महिलाको प्रोत्साहनका लागि सञ्चालित पत्रकार महिला सम्मान यस वर्ष कास्कीकी रजनी तामाङ स्याङ्बोलाई अर्पण गरिएको छ । प्रतिभा छनौट समितिको सिफारिसलाई संघको सम्पन्न बैठकले सर्वसम्मत अनुमोदन गरि तामाङलाई सम्मान गरिएको हो । तामाङ्लाई १० हजार नगद, सम्मानपत्र र दोसल्लासहित सम्मानित भएकी छन् ।यो वर्ष सम्मानित भएकी रजनी तामाङ माछापुच्छ्रे गाउँपालिका–९ कास्कीका बासिन्दा हुन् । पिता जुतबहादुर तामाङ र माता फिस्टी तामाङको कोखबाट जन्मिएकी तामाङको परिवारमा पांच जना सदस्यमा तिन दाजुभाई दुई दिदीबहिनीमा उनि कान्छी छोरी हुन् । जेठो छोरा लिल बहादुर तामाङ स्याङ्बो, माईलो छोरा आई बहादुर तामाङ स्याङ्बो, कान्छो छोरा मनोज तामाङ स्याङ्बो,जेठी छोरी देउमाया तामाङ स्याङ्बो र कान्छी छोरी रजनी तामाङ् स्याङ्बो हुन् । तामाङ्ले कक्षा एक देखि कक्षा १२ सम्म श्री गौरीशकंर मनिलाल उच्च माध्यमिक विद्यालयमा अध्यन गरेकी हुन् ! २०६६ सालमा एस. एल. सि. दिए लगतै सानै उमेरदेखि जागिरे बनेकी थिन् । उनि सधैं आफ्नो खुट्टामा आंफै उभिनुपर्छ भन्ने मानसिकता भएकी महिला हुन् । उनले पहिलो पटक १६ वर्षको उमेरमा गाउंमै रहेर सैंतीखोला लघुजलविधुत आयोजनाको कार्यलयमा म्यानेजर पदमा रहेर दुई वर्षको कार्यकाल सम्पन्न गराएकी थिईन् । त्यसपछि उनि सहर झरेपछि प्राईम सहकारीमा बजार प्रतिनिधित्व गर्दै अफिसर सम्म २ वर्षको कार्यकाल सम्पन्न गरे पश्चात मार्गदर्शन एकेडेमी नर्सिङ होस्लटमा एकाउन्टिन सेक्टरमा रहेर पुन दुई वर्ष कार्य सम्पन्न गरि बिदाई भएकी थिईन् । उनि सानै उमेर देखि जागिरे हुदैं गर्दा केहि समय बिश्राम लिएकी थिईन् । बिश्राम पश्चात खोज अनलाई टेलिभिजन प्रा.लि मा संलग्न भई निरन्तर पत्रकारिता क्षेत्रमा लागेकी हुन् । सानै उमेरदेखि विभिन्न कार्यलयहरुमा संलग्न रहेर कार्य सम्पादन गरेको अनुभव रहेकी तामाङ अहिले भने लामो समयदेखि खोज मिडियामा संलग्न रहेकी छन् । विभिन्न संस्थामा रहेर कार्य गरेको अनुभव रहेकी तामाङ पछिल्लो समय भिडियोग्राफी, फोटोग्राफी र समाचारवाचनतर्फकी कुशल प्रस्तोतासमेत हुन् ।तामाङलाई फागुन २४ गते कास्की शाखाको वार्षिक साधारण सभा तथा अधिवेशन समारोहका बीच सम्मान अर्पण गरिएको हो । रजनी तामाङ स्वतन्त्र पत्रकार सघं कास्की शाखाको छैटौं अधिवेशनबाट सचिव पदमा निर्विरोध चयन भएकी छन् । स्वतन्त्र पत्रकार सघं कास्की शाखाको छैटौं अधिवेशनमा अध्यक्ष कृष्ण रानाभाट , सचिव रजनी तामाङ स्याङ्बो, सहसचिव शिशिर पौडेल उपाध्यक्ष दिल्लिराम काफ्ले ,कोषध्यक्ष राधा ढकाल सहित संस्थापक पदाधिकारीमा निर्विरोध चयन भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-