जेष्ठ ३२ ,हेमजा । “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मुल नाराका साथ पोखरा महानगरपालिका वडा न। २५ हेमजा अवस्थित हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा असार १ गते देखि ७ गते सम्म हुने अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ ।
खेलकुदको माध्यमबाट एकता भाईचारा बढाउदै खेलकुदमा अभिरुची जगाई नयाँ खेलाडी उत्पादनमा जोड दिने साथै गौरीशंकर खेल मैदान९गैरी० लाई स्तरोन्नती तथा संरक्षण गर्ने उदेश्यका आयोजन गरिएको प्रतियोगिताको विहिवार खेल तालिका सार्वजनिक गरिएको क्लब अध्यक्ष राजेश त्रिपाठीले जानकारी दिए ।
१४ टिमको सहभागिता रहेको प्रतियोगितको पहिलो खेल शनिबार आयोजक सेतो र वडा १ विच हने छ । उक्त खेलको शुभारम्भ महानगरपालिका नगर प्रमुख धनराज आचार्यको प्रमुख अथित्यतामा हुने प्रतियोगिता संयोजक इन्द« कुँवरले जानकारी दिए ।
प्रतियोगितामा प्रथम पुरस्कार रु १,११,१११ र– र द्धितिय पुरस्कार ५५,५५५ र – साथमा ट्रफी,मेडल र प्रमणपत्र साथै सर्वोकृष्ट खेलाडीलाई नगद रु ५,००० र–,सर्वाधिक गोलकर्ता,गोलरक्षक,डिफेन्डर,मिडफिलड,फरवार्ड लाई प्रत्यक विधामा नगद रु २०००र– साथमा ट्रफी प्राप्त गर्ने छन । क्वाटरफाईनल देखिका खेलहरुमा म्यान अफ दि म्याच धोषित गरि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । खेल पोखरा–२५, हेमजा गौरीशंकर खेल मैदान–गैरीमा हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-