पोखरा महानगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालय ३ दिन बन्द हुने भएका छन् ।
आँखा पाक्ने रोग देखिएपछि बुधवारदेखि शुक्रवारसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको छ । पोखरा महानगरभित्रका संस्थागत २ सय ४३ र सामुदायिक २ सय ३ विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी, शिक्षक अभिभावक संघ, नगर कमिटीका अध्यक्ष र शिक्षकहरूको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
पोखरा क्षेत्रमा एकसातादेखि आँखापाक्ने रोग कन्जन्टिभाइटिस तीव्र रुपमा फैलिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-