६ असोज, पोखरा
कुँवर समाज समितिको दशौं साधारण सभा तथा पाँचौं अधिवेशनले कृष्ण बहादुर कुवँर अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा शिव कुँवर शम्भु, सचिवमा लक्ष्मी कुँवर, कोषाध्यक्षमा सपना सापकोटा, सहसचिव आरति कुँवर, सहकोषाध्यक्ष रोशन कुँवर र सदस्यहरुमा शक्त कुँवर, महेन्द्र कुँवर, सावित्री कुँवर, गणेश कुँवर र दिपक कुँवर चयन भएका थिए ।
समितिका अध्यक्ष ध्रव कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दितिय उपाध्यक्ष वसन्त कुँवरले र संचालन सचिव लक्ष्मी कुँवरले गरेकी थिइन ।
सो अवसरमा संस्थापक अध्यक्ष श्रीमाया कुँवर, पुर्व अध्यक्ष रामबहादुर खाँण, पूर्व अध्यक्ष मधु कुँवर, युथ अफ कुँवरटोलका अध्यक्ष राजु कुँवर लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-