भादौ ४, पोखरा | लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम अन्तर्गत रहेको १४२ क्लव मध्ये हाल सम्म १४० क्लवहरूको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।
यही भाद्र ४ गते मंगलबारका दिन स्याङ्जा जिल्लामा रहेको भिरकोट सिटि हलमा रिजन ९ (रिजन चियर पर्सन सजना कोईराला)जोन १७ र १८ जोन चियर पर्सन द्वय बिजय कोईराला र प्रकाश गौतम अन्तर्गत रहेका ६ वटा क्लवहरू: Lions club of Waling City, Lions club of Glyang City, Lions club of Walling green home, Lions club of Syangja Putali Bazar, Lions club of Veerkot Syangja, Lions club of Syangja Town लाई संयुक्त रूपमा भएको पदस्थापना तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम संगै क्लवस्तर नं ३ अन्तर्गत रहेका सबै क्लवहरूको पदस्थापना तथा सपथग्रहण कार्यक्रम सम्पन्न गराएको संयोजक तथा क्लस्तर नं ३ का प्रमुख लायन यादब प्रसाद पोख्रेलले जानकारी गराउनु भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा डिष्ट्रिक्ट ३२५ एमका डिष्ट्रिक्ट गभर्नर पि.एम.जे.एफ. लायन चण्डी प्रसाद अर्याल, बिशिष्ट अतिथि भिरकोट नगरपालिकाका नगर प्रमुख गोबिन्द कुमार कर्माचार्य, उप-प्रमुख भगवती अर्याल, डिष्ट्रिक्टका फर्स्ट भाईस गभर्नर लायन धनीराम बराल, डिष्ट्रिक्ट सेक्रेटरी लायन शिबराज आचार्य, डिष्ट्रिक्ट ट्रेजरर् लायन शम्भु प्रसाद बांस्तोला, डिष्ट्रिक्ट चिफ एड्भाईजर लायन किशोर बराल, डिष्ट्रिक्ट पि.आर.ओ.ईन चिफ लायन डोलराज पोख्रेल लगायत डिष्ट्रिक्टका सिनियर लायन लिडरहरू र नौ वटै वडाका वडा अध्यक्षहरूको उपस्थिति रहेको डि.चिफ. एड्भाईजर किशोर बरालले जानकारी गराउनु भयो।
त्यसैगरी कार्यक्रमको पहिलो सत्रमा लायन्स क्लव अफ भिरकोट स्यांजाका अध्यक्ष श्याम प्रसाद अधिकारीको अध्यक्षता र दोश्रो सत्रको कार्यक्रममा लायन्स क्लव अफ गल्यागं सिटिका अध्यक्ष यो बहादुर रानाको अध्यक्षतामा सञ्चालन गरिएको थियो । त्यस्तै क्लस्तर चिफ यादब प्रसाद पोख्रेलले स्वागत मन्तव्य र धन्यबाद ज्ञापन जोन १७का बिजय कोईराला ले गर्नु भएको थियो भने कार्यक्रम रिजन चियर पर्सन् सजना कोईरालाले सञ्चालन गर्नुभएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-