माघ ६, पोखरा,
स्याङजा जिल्ला हरिनास गाउँपालिका वडा नं. १ का बर्ष १९को अबिशेक नेपाली Acute lymphoblastic leukemia (ब्लड क्यान्सर) रोगको उपचार गरिरहनुभएको छ । उहाँलाई टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब काठमाण्डौले उपचारको लागी रु १५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । टाईगर कप २०८०को उपाधी जिते संग पोखरामा अध्यक्ष बासु श्रेष्ठ द्धारा उक्त रकम मामा रिदेसलाई हस्तान्तरण गर्नुभएको थियो । उपचार भईरहेकोमा थप आर्थिक सहयोग पुग्ने उद्देश्यले गरिएको हो ।
अबिशेकको उपचार खर्च जुटाउनको लागी आर्थिक संकलन अभियान सञ्चालन गरिरहेको छ । जसले गर्दा उपचारमा सहज भई सफलता मिलिरहेको छ । सहयोगका लागी सम्पूर्ण सहयोगी मनहरुलाई हृदयदेखी नै हामी धन्यवाद व्यक्त गर्न चाहान्छौ ।
प्रतिक्रिया लेख्नुहोस्:-