श्रावण ७, पोखरा
फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ ।
कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका ८ बगालेटोल बस्ने १६ वर्षीय विवेक कुँवर रहेका छन् ।
उनी अन्य तीन जना साथीहरुसँग पौडी खेल्न खोला पुगेका थिए । तर डुबेर बेपत्ता भएपछि बैदान प्रहरीलाई खबर पुगेको थियो ।
त्यसपछि वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोली र सशस्त्र प्रहरी बल २४ नं. गणको गोताखोरसहितको टोलीले पानीभित्र खोँचमा डुबेको अवस्थामा करिब ६ बजे बेलुकी फेला पारेकोे थियो ।
हाल पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । यसअघि गत बैशाख १६ गते शनिबारकै दिन पौडी खेल्ने क्रममा सोही खोलामा डुबेर पोखरा १५ नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङको ज्यान गएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-