रिदेस सुनार
जिल्ला खेलकुद विकास समितिले आयाेजना गरेकाे ११ अैा राष्टपति रनिङ्ग शिल्ड प्रतियाेगितामा हरिनास गाउँपालिका ले पुरूष भलिबल तर्फ स्वर्ण पदक प्राप्त गरेको छ।
स्याङ्जा जिल्लाको ११ वटै स्थानीय तहबाट ११ टिमको सहभागीता रहेको प्रतियोगितामा आधिखोला गाउपालिकालाइ ३-० को सोझो सेटमा पराजित गर्दै हरिनास गाउपालिकाले छात्र भलिबल तर्फ स्वर्ण पदक प्राप्त गरेको छ। भने आधिखोला गाउपालिकाले रजत पदक र चापाकोट नगरपालिकाले कास्य पदक प्राप्त गरेको छ।
छात्रा भलिबल तर्फ कालीगण्डकी गाउपलिकाले स्वर्ण, चापाकोट नगरपालिकाले रजत र बिरुवा गाउपालिका ले कास्य पदक प्राप्त गरेको छ।
त्यस्तै २०० मिटर छात्रा तर्फ हरिनास गाउपालिका बाट बिमला मानन्धरले स्वर्ण पदक प्राप्त गरेकि छिन् ।
प्रतियोगितामा स्वर्ण पदक बिजेता टिम खेलाडीहरुलाइ जनही ५/५ हजार रुपैया सहित हरिनास गाउँपालिकाले सम्मान गर्ने पालिका अध्यक्ष खिम नारायण मानन्धरले आफ्नो फेसबुक पोस्ट मार्फत जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-