पोखरा, ८ बैशाख । आर्थिक अभावका कारण उपचार गर्न समस्यामा परेका ७ बिरामीलाई तमु धिं नेपालले शनिवार ३ लाख ५० हजार रुपैया सहयोग हस्तान्तरण गरेको छ। पोखरा ९ नयाँबजार स्थित तमु धिंमा आयोजित कार्यक्रममा तमु धिं नेपालका परम आदरणीय / परम संरक्षक स्वर्गीय मेजर जय- स्व.उदय चन्द्र – मेजर्नी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषको ब्याजबाट तमु धिंले सहयोग हस्तान्तरण गरेको हो। कार्यक्रममा कोषदाता तमु धिं नेपालका परम आदरणीय मेजर्नी रुपकुमारी गुरुङ, लक्ष्मी गुरुङ र तमु धिं अध्यक्ष हुमबहादुर गुरुङले बिरामीहरुलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्दै जनही ५० हजार रुपैयाका दरले सहयोग हस्तान्तरण गरिएको हो । उपचार सहयोग प्राप्त गर्ने बिरामीहरुमा पर्वत फलेवास नगरपालिका ८ का युसेफ नेपाली, मादी गाउँ पालिका ५ की माया कुमारी गुरुङ, स्याङ्जा पुतलीबजार नगरपालिका ११ की अनु गुरुङ, रुपा गाउँ पालिका ५ का चन्द्र बहादुर गुरुङ, मादी गाँपालिका ३ कि रिता पौडेल, माछापुच्छ्रे गाउँ पालिका ३ की दरिमाया पुन र क्होला सोंथार ४, भुजुङ लमजुङका कृष्ण बहादुर गुरुङ रहेका छन । तमु धिं नेपालमा स्थापित एक करोड १५१ रुपैयाको स्व.मे.जय-स्व.उदयचन्द्र-मेजर्नी रुपकुमारी स्वास्थ्योपचार कोषको ब्याजबाट एक बर्षमा पन्ध्र जना बिरामीलाई उपचार सहयोग गरिएको तमु धिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिनुभयो। अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मेजर्नी रुपकुमारी गुरुङले बिरामीहरुलाइ आशिर्वाद प्रदान, वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङले स्वागत र महासचिव जुनाकुमारी गुरुङको कार्यक्रम संचालन गर्नुभएको थियो।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-