बैशाख १, विरुवा, स्याङ्जा
स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं ७ कुसुमभञ्ज्याङ गाेफादीमा आयाेजित भलिबल प्रतियाेगिता सम्पन्न भएकाे छ । नयाँ बर्षकाे अवसरमा कुसुमभञ्ज्यङ खेलमैदान स्तरउन्नति सहयाेगार्थ साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता आयाेजना गरिएकाे थियाे । २०८० चैत्र २५ देखि सञ्चालन भएकाे प्रतियाेगिता २०८१ बैशाख १ गते समापन गरिएकाे हाे । पालिका अध्यक्ष सुर्य कुवरकाे प्रमुख आतिथ्यतामा पानसमा दियाे बाली, राष्ट्रिय भलिबल रेफ्रि लिल गुरुङलाई बल हस्तान्तरण गरि फाईनल खेल सञ्चालन गरिएकाे थियाे ।
प्रतियाेगिताकाे उपाधि भने श्रीजना माछापुच्छ्रे युवा क्लबले चुम्न सफल भएकाे छ । चापाकाेट-४ लग्दाका लाेहम्वास युवा क्लबलाई पहिलाे सेट २५-२२, दाेस्राे सेट २०-२५, तेस्राे सेट २५-२२ र चाैथाे सेट भने २५-१८ ले आफ्नाे पक्षमा पार्दै बिरुवा गाउपालिक- ७ कुसुमभञ्ज्याका श्रृजना माछापुच्छ्रे युवा क्लबले उपाधि चुमेकाे हाे ।उपाधि संगै प्रथम पुरस्कार राशी ५० हजार र शिल्ङ मेडल र प्रमाण प्राप्त गरेकाे छ । त्यस्तै द्वितीय स्थानमा चित्त बुझाउन बाध्य लाेहम्वास क्लबले द्वितीय पुरस्कार राशी ३० हजार मेडल र प्रमाणपत्र बितरण गरिएकाे थियाे ।
प्रतियाेगितामा वालिङ नगरपालिका-३, जनजागृती युवा क्लब माझकाेटले भने तृतीय पुरस्कार प्राप्त गर्न सफल भएकाे थियाे। माझकाेटले आयाेजक B लाई साेझाे सेटमा पराजित गर्दै तेस्राे स्थान प्राप्त गर्न सफल भएकाे हाे । तेस्राे पुरस्कार रासी २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र माझकाेटले प्राप्त गर्न सफल भएकाे छ । त्यस्तै प्रतियोगितामा वेष्ट स्पाइकर किसन गुरुङ (लग्द) वेष्ट क्विकर राेशन गुरुङ (लग्द) वेष्ट ब्लकर दुत प्रसाद गुरुङ (आयाेजम) वेष्ट डिफेन्डर विशाल गुरुङ (माझकाेट) वेष्ट सेटर असिम गुरुड (आयाेजक) वेष्ट प्लेयर जीवन गुरुङ (आयाेजक) घाेषित हुनुभएकाे थियाे । बिधघाेसित खेलाईहरुलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएकाे थियाे । सर्बाेउत्कृष्ट घाेषित खेलाडी जीवन गुरुङलाई नन बहादुर गुरुङले २ हजार नगद पुरस्कार स्पाेन्सर गर्नुभएकाे थियाे । समापन कार्यक्रममा विशेष अतिथि वडा नं ७ अध्यक्ष मेखराज गुरुङ, w2 नर बहादुर गुरुङ लगायत अन्य अतिथिहरुकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रममा स्थानिय र पाेख्रेली कलाकारहरूले बिबिध संस्कृतिक नृत्यहरु प्रस्तुत गरिएकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस्:-