पोखरा
कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई आन्तरीक मुल्याङकनको निमित गतिबिधिहरुमा सहभागी अनिबार्य छ । क्रियाकलाप ब्यबस्थापन लागत घटाउन र प्रभाबकारी अध्यापनको लागि पाठ्यक्रमको नियमित परामर्श हुन अति आबश्यक छ । यही परामर्शको लागि हामीले ‘३३ पोखरी पदयात्रा मार्ग’ लाई गन्तब्यको रुपमा छनौट गरेका छौं ।
पदमार्गमा रहेका खुल्ला स्थान, फल्चा र मन्दिरमा बिद्यार्थी र शिक्षकलाई पाठ्यक्रमका बिषयबस्तु छलफल गर्ने केन्द्रको रुपमा बिकास गर्ने निर्णय गरेका छौं । प्रयोगात्मक अभ्यासको पुर्व तयारीको लागि, हाल कक्षा ११ र १२ मा अध्ययन हुने बिषयहरुको छलफलको लागि तल दिइएको लिंकमा ’पोखरी परामर्श केन्द्र’ तोकिएको छ । यी केन्द्रहरुमा हुने नियमित छलफलबाट बिद्यार्थी र शिक्षकहरुमा उद्यमशिलता बिकासको लागि अति आबश्यक नविनतम सोचको बिकास गर्ने लक्ष्य लिएका छौं ।
बिषय शिक्षकको रुपमा परामर्श कार्यमा सहभागी हुने शिक्षकहरुले प्रारम्भिक चरणमा तोकिएको पोखरी केन्द्रमा सार्वजनिक बिदाका दिनहरुमा उपस्थित भै २०८१ सालको अध्यापन योजना निर्माण गर्नेछ । अध्यापन योजना बने पछि नियमित रुपमा परामर्श र छलफलका गतिबिधिहरु तल दिइएको लिंकमा दिइनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-