फागुन १५, बिरुवा, स्याङ्जा
४२औं मगर एकता दिवस विरुवा गाउँपालिकामा भव्य रुपले मनाएका छन् । विविधतामा एकता हुदै मगर हुनुमाँ गर्व गरौ, अग्रजको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गरौ भन्ने मुल नारालाई आत्मसाथ गर्दै औपचारीका कार्यक्रम गरी मनाएको थियो । पालिकाका ८ वडाका मगर समुदायहरु आफ्नो विभिन्न संस्कृतिक र भेषभुसामा उपस्थित भई बिरुवा बजार परिक्रमा गरी सभामा परिणत भएको थियो । सभा अन्राष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन रोका मगरको प्रमुख आतिथ्यतामा उत्घाटन गरिएको थियो । उक्त सभामा विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा विशेष अतिथि पूर्व बन, बातावरण तथा भुसंरक्ष मन्त्री माननीय दिपक चर्ती मगर, पालिका अध्यक्ष सुर्य कुवँर लगायतको अन्य अतिथिहरुको सहभागीता रहेको थियो भने कार्यक्रममा करिव पालिकाभरिका २५०० भन्दा बढी मगरहरुको सहभागीता रहेको थियो ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-