न्यू फ्रेन्डसीप युवा क्लब विरुवा–६ चिन्नेवास स्याङजा द्धारा अयोजित दोस्रो द्वादशी मेला –२०७८को दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कंग्रेस विरुवा गा.पा.का सभापति डोलराज (डि.आर) पोखरालेको प्रमुख आतिथ्यतामा राष्ट्रिय रेफ्रि अनिल गुरुङ्ग र चित्र गुरुङ्गलाई बल हस्तान्त्रण गरी कार्यक्रम सुचारु गरिएको थियो ।
आज भएको चापकोट न.पा.—४, र आयोजक विरुवा ६ विचको खेलमा चापकोट ४ ले विजय हाँसिल गरी दोस्रो चरणमा प्रवेश गरेको छ । भोलिको पहिलो खेल भिरकोट ३ र आयोजक विच हुनेछ ।
त्यस्तै संस्कृतिक कार्यक्रम तर्फ लोकपप गायक रोशन गुरुङ्ग, लोक दोहोरी गायक विजय रानापालको संस्कृतिक प्रस्तुतीले मेलाको रौनक तताएको थियो ।
झण्डै एक दशक भन्दा बढी सयम देखी लाग्न छाडेको यो मेलालाई यस वर्षदेखी क्लबले निरन्तर्ता दिएको छ । कार्तिक ३० गते देखी मंसिर ३ गते सम्म चल्ने यस मेला धार्मिक प्रथा परम्परामा आधारीत मेला हो । यसको इतिहाँसलाई हेर्दा एकसय वर्ष भन्दा पुरानो मेला रहेको स्थानिय बुद्धिजिविहरुले उल्लेख गरेका छन् । यस मेलामा वडा स्तरिय पुरुष तथा महिला भलिबल, छेलो प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम लगायत स्थानिय तथा राष्ट्रि«य स्तरका ख्याति प्राप्त कलाकरहरको वेजोड प्रस्तुती रहने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-