कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा–१४को स्थानीय महोत्सव सम्पन्न

बिरुवा खबर बिरुवा खबर
समाचार, अर्थ
February 21, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखराः पोखरा महानगरपालिका–१४ छिनेडाँडामा आयोजित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका–१४ वडा कार्यालयको आयोजनामा ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको हो ।
महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै केसी ग्रुपका सञ्चालक एवम् व्यवसायी किरण केसीले महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न मद्धत पुग्ने बताए ।
‘मेला महोत्सवलाई हामीले मनोरञ्जनको लागि मात्र बुझ्ने गरेका छौं, स्थानीय उत्पादनको बजारीकरण र व्यवसायीकरणको लागि महोत्सवले महत्वपूर्ण मद्धत गर्छ ।’ व्यवसायी केसीले भने ।
उनले पोखरा महानगरपालिकाको ३३ वटा वडा मध्ये पोखरा–१४ ले स्थानीय उत्पादनको बजारीकरण र व्यवसायीकरणको लागि काम गरेको बताए । मेला महोत्सव उत्पादित वस्तुहरुको व्यवसायीकरण गर बजारीकरणको गर्ने थलो भएको सम्मेत उल्लेख गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान कृषि, उर्जा तथा जलस्रोतमन्त्री एवम् सांसद बेदबहादुर गुरुङ ‘श्याम’ले मेला महोत्सवमा उत्पादित कृषि तथा वस्तुहरुको प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए ।
‘मेला महोत्सवमा किसानका उत्पादन गरेका खाद्यान्नदेखि उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रवद्र्धन गर्ने थलो हो’, सांसद गुरुङले भने, ‘मेला महोत्सवले कला संस्कृतिसँगको संरक्षण र जर्गेना गर्न महत्वपूर्ण योगदान पु¥याउँछ ।’
पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यसहित पहिलो चोटि महोत्सव आयोजना गरेकोे बताए ।
‘महोत्सवमा स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिएका छौं, पोखरा–१४ मा उत्पादन हुने कृषि जन्य उपजको व्यवसायीकरण एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने वडाको मूख्य उद्धेश्य रहेको छ । यसले कृषकहरुमा थप उर्जा मिल्ने विश्वास लिएका छौं’ वडाध्यक्ष कार्कीले भने ।

दुईदिनसम्म सञ्चालन भएको महोत्सवमा पोखरा–१४ भित्रका विभिन्न व्यवसाय प्रवद्र्धनका व्यवसायीहरुलाई १ सय वटा स्टल निशुल्क रुपमा प्रदान गरिएको थियो ।
महोत्सवमा वडामा उत्पादन भएका कृषि जन्य खाद्यान्न, वडाभित्र उत्पादन भएका उत्पादित वस्तुहरु, अटो इन्जिनिरिङका सामान, विद्यालयका शैक्षिक सामग्रीसँगै निशुल्क स्वास्थ्य जाँचहरुसमेत गरिएको थियो ।
उत्कृष्ट टोल सुधार समिति सम्मानित
महोत्सवको अवसरमा वडाले विभिन्न टोल सुधार समितिलाई समेत सम्मान गरेको छ । वडाले महोत्सवको अवसरमा मसिना टोल सुधार समितिका अध्यक्ष देवेन्द्र मगर,चेतनामार्ग टोल सुधार समितिका अध्यक्ष डम्बर बहादुर मगर, दाहसंस्कार टोल सुधार समितिका अध्यक्ष ललित बहादुर बानियाँ, स्वागत नगर टोल सुधार समितिका अध्यक्ष सु.देव बहादुर केसी, मोहन मार्ग टोल सुधार समिति, युनिटी टोल सुधार समितिका अध्यक्ष लक्ष्मी लामिछाने अधिकारी, भूपु सैनिक टोलसुधार समितिका अध्यक्ष बलबहादुर गुरुङलाई सम्मान गरेको हो ।
यस्तै समाज सुधार तथा उत्पादनतर्फ लक्ष्मी कार्की र जेष्ठ नागरिकतर्फ नविन दास पौडेललाई सम्मान गरेको छ । यस्तै कृषितर्फ अमृता सापकोटा र पशुपालनतर्फ मोहनबहादुर कार्कीलाई सम्मान गरेको छ ।
महोत्सवको अवसरमा निकालिएको झाँकी तथा ¥यालीतर्फ मिरमिरे टोल विकास समिति, मसिना टोल सुधार समिति, नेपाल मगर कमदमार्ग चाउथे इकाई समिति, पद्याकुमारी इश्वरी विश्वविद्यालय, युकेश्वर टोल सुधार समिति, पोंचोकों तमु समाज घर, सस्कृति आमा समूहलाई समेत सम्मान गरेको छ । महोत्सवमा सहभागी टोल तथा संस्थाहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ ।
रस्साकसी प्रतियोगितामा मिर्मिरे र खाल्टे विजयी
पोखरा महानगरपालिका–१४ वडा कार्यालयले आयोजना गरेको प्रथम स्थानीय महोत्सवमा आयोजित टोल स्तरीय रस्साकसी प्रतियोगितामा महिलातर्फ मिर्मिरे आमा समूह र पुरुषतर्फ खाल्टे टोल सुधार समिति विजयी भएको छ । महिलातर्फ भएको रस्साकसी प्रतियोगितामा मिर्मिरे आमा समूह विजेता र युनिटी आमा समूह उपविजेता भए । यस्तै पुरुषतर्फ खाल्टे टोल सुधार समिति र प्रगति टोल सुधार समिति उपविजेता भए । यस्तै छेलो फाल्ने प्रतियोगितामा दुजिक थापा मगर विजेता र रबिन गुरुङ उपविजेता भएको प्रचारप्रसार समितिका संयोजक रामजी जिसीले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक कार्यक्रमहरुसमेत रहेका थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन