असोज १४, पोखरा । पोखरामा रहेको चिउली पाचे तमु समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १२ लाख १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
समाजले संकलन गरेको उक्त रकमको भौचर जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गरिएको हो। दैवी प्रकोपबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले समाजले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ।
सोही कार्यक्रममा ७/८ गोर्खा राइफल्स भूतपूर्व सैनिक परिवार संगठनले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
त्यस्तै, अर्मला घोताने चेलीबेटीबाट रु. २ लाख २३ हजार रुपैयाँ तथा उल्लेरी पोखरा तमु सेवा समाज, पोखरा–२२ बाट रु. ३१ हजार रुपैयाँ समेत कोषमा जम्मा गरिएको छ।

विपद्का बेला प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न संघसंस्था तथा सामाजिक समूहले आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ। स्थानीय समुदाय तथा संघसंस्थाबाट प्राप्त यस्ता सहयोगले विपद् प्रभावितको राहत तथा पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया लेख्नुहोस्:-