अशोज ८,स्याङ्जा | जिल्ला स्याङजा भिरकोट नगरपालिका वडा नम्बर ०१ करुङ स्थित बयरघारी केगा भित्री सडक खण्डमा जिल्ला स्याङजा भिरकोट न.पा.-३ बजादीमा बिबाहको भोज खाई फर्किने क्रमामा बजादीबाट बयरघारी तर्फ आउँदै गरेको ग.१ ज. ७६१० नम्बरको जिपको स्ट्रेरिङ लक भई घुम्तीमा मोडिन नसक्दा सडकदेखी अन्दाजी २० मिटर तल पल्टिन गई दुर्घटना भएको, वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुम स्याङजाबाट प्रहरी निरीक्षक शुशिल घिमिरेको कमाण्डमा १० जनाको प्रहरी टोली खटिई गएको, चालक सहित ११ जना घाईते भई उपचारको लागी भिरकोट नगर अस्पताल स्याङजा पठाईएकोमा घाईते मध्ये जिल्ला स्याङजा पुतलीबजार न.पा.१० बस्ने बर्ष ७६ को उत्तम सिंह गुरुङ भिरकोट नगर अस्पतालमा उपचारको क्रममा डाक्टरले ऐ. मृत घोषणा गरेको । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको । थप अपडेट पछी ।
घाईतेहरु निम्न रहेको छ
१०जिप चालक जिल्ला स्याङजा भिरकोट न.पा.०२ बस्ने वर्ष ५० को खेम प्रसाद गुरुङ( प्रहरीको नियनत्रणमा रहेको ।
२०जिल्ला कास्की पोखरा म.न.पा. ०८ बस्ने बर्ष ३२ की सारा गुरुङ टाउको,ढाड,दाहिने खुट्टामा चोट (अवस्था मध्यम ।
३०जिल्ला स्याङजा बिरुवा गा.पा.०२ बस्ने बर्ष ६३ को खड्क गुरुङ दाहिने खुट्टा र कुममा चोट (अवस्था मध्यम ।
४०जिल्ला स्याङजा पुतलीबजार न.पा. १२ बस्ने बर्ष ५१ को रुम बहादुर गुरुङ दाहिने खुट्टा, टाउकोमा चोट (अवस्था मध्यम ।
५०जिल्ला स्याङजा बिरुवा गा.पा. २ बस्ने बर्ष ४९ की कृष्ण माया गुरुङ बाँया खुट्टा,दाहिने हात र ढाडमा चोट (अवस्था मध्यम ।
६०जिल्ला स्याङजा बिरुवा गा.पा.०७ बस्ने बर्ष ५५ की केश माया गुरुङ छातीमा भित्री चोट( अवस्था मध्यम ।
७०जिल्ला स्याङजा बिरुवा गा.पा.०२ बस्ने बर्ष ६० को यम बहादुर गुरुङ दाहिने हात,अनुहारमा चोट (अवस्था मध्यम ।
८० जिल्ला स्याङजा बिरुवा गा.पा. ०२ बस्ने बर्ष ५३ को मन बहादुर गुरुङ टाउको,दाहिने हात र अनुहारमा चोट( अवस्था मध्यम ।
९० जिल्ला स्याङजा पुतलीबजार न.पा.१० बस्ने बर्ष ८० को पदम बहादुर गुरुङ छाती, दाहिने हातमा चोट (अवस्था मध्यम ।
१०० जिल्ला नवलपरासी घर भई हाल भिरकोट न.पा.०२ बस्ने दहथुम बर्ष ४३ की रस माया गुरुङ (अवस्था सामान्य ।
११० जिल्ला स्याङजा भिरकोट न.पा.०३ बजादी बस्न बर्ष ४९ की तेज कुमारी गुरुङ बाँया कोखामा चोट (अवस्था मध्यम ।
घाईतेहरुको सिघ्रस्वास्थ्यलाभको कामना गर्दछौ ।














प्रतिक्रिया लेख्नुहोस्:-