कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तेस्रो मनकामना महोत्सवमा साही फलफूललाई हराउँदै बिरुवा विजयी

तेस्रो मनकामना महोत्सवमा साही फलफूललाई हराउँदै बिरुवा विजयी

बिरुवा खबर बिरुवा खबर
समाचार, खेलकुद, मुख्य समाचार, विरुवा बिशेष
October 29, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हुम बहादुर च्हाक्ली तमु  गहते, स्याङ्जा

स्याङ्जाको बिरुवा गाउँपालिका–७, गहतेमा जारी तेस्रो मनकामना महोत्सव तथा दोस्रो होमबहादुर राना कपअन्तर्गतको भलिबल प्रतियोगितामा बिरुवा टिमले साही फलफूललाई पराजित गरेको छ। रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा बिरुवाले ३–१ को सेटमा जित निकाल्दै आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेको हो।

खेलको सुरुवातदेखि नै दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। पहिलो सेटमा कडा प्रतिस्पर्धाका बीच बिरुवाले २८–२६ को जित निकाल्यो। दोस्रो सेटमा पनि आफ्नो लय कायम राख्दै बिरुवाले २५–२० ले सेट आफ्नो पक्षमा पार्‍यो।

खेलमा फर्किने प्रयास गरेको साही फलफूलले तेस्रो सेटमा २७–२५ को जित निकाल्दै प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएको थियो। तर, चौथो सेटमा बिरुवाले पुनः उत्कृष्ट खेल प्रदर्शन गर्दै २५–२३ को जित निकाल्यो। यससँगै बिरुवाले समग्र खेल ३–१ को सेटमा आफ्नो पक्षमा पार्न सफल भयो।

बिरुवा टिममा गण्डकी प्रदेशका कप्तान सञ्जु विक्रम साह र अमृत केसी सहभागी थिए भने टोलीको प्रशिक्षकको जिम्मेवारी सन्दीप खड्काले सम्हालेका थिए।

यसैबीच, महोत्सवको चौथो दिन मनकामना मन्दिरका मानार्थ अध्यक्ष तथा समाजसेवी नरबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले मनकामना मन्दिरको नवनिर्मित प्रवेशद्वारको शिलालेखबाट पर्दा हटाउँदै प्रवेशद्वारको उद्घाटन गर्नुभएको थियो। उद्घाटनअघि प्रमुख अतिथि गुरुङ सपरिवार मन्दिरमा दर्शन गर्नुभएको थियो।

महोत्सवको सांस्कृतिक कार्यक्रमले पनि दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रममा बहुचर्चित गायक चिज काजी गुरुङ, जादुगर शेरबहादुर गुरुङ, इन्द्र गुरुङ तथा द कोरस ब्याण्डले आ–आफ्नो विशेष प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुतिसँगै महोत्सवस्थलमा सांगीतिक रौनक थपिएको थियो भने उपस्थित दर्शकले मनोरञ्जन लिएका थिए।

महोत्सवअन्तर्गत भोलि बहुचर्चित गायिका शान्तिश्री परियारको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। उनको प्रस्तुतिलाई लिएर दर्शक तथा संगीतप्रेमी उत्साहित छन्।

स्थानीय खेलकुद, कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको तेस्रो मनकामना महोत्सव तथा दोस्रो होमबहादुर राना कपले गहते क्षेत्रलाई उत्सवमय बनाएको छ। भलिबल प्रतियोगिताको प्रतिस्पर्धा, राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति र धार्मिक गतिविधिले महोत्सवको आकर्षण थप बढाएको छ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

तेस्रो मनकामना महोत्सव : आयोजक मनकामना रातो फाइनलमा प्रवेश

October 29, 2026

मनकामना महोत्सवमा होमबहादुर राना कप भलिबल प्रतियोगिताको उद्घाटन

October 28, 2026

तेस्राे मनकामना महाेत्सव-२०८३ तथा मन्दिर समुद्घाटन समाराेहकाे सम्पूर्ण तयारी पूरा

October 25, 2026

स्याङ्जाको बिरुवामा स्कुटर दुर्घटना, ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु

October 23, 2026

तमु धिं नेपालमा २२ केन्द्रिय सदस्य मनोनयन

October 17, 2026

बिरुवामा तेस्रो मनकामना महोत्सव हुँदै, भलिबलमा प्रथम पुरस्कार २ लाख २ हजार रुपैयाँ

October 13, 2026

सर्वाधिक पढिएका

खेलकुद

तेस्रो मनकामना महोत्सव : आयोजक मनकामना रातो फाइनलमा प्रवेश

October 29, 2026
समाचार

तेस्रो मनकामना महोत्सवमा साही फलफूललाई हराउँदै बिरुवा विजयी

October 29, 2026
मुख्य समाचार

मनकामना महोत्सवमा होमबहादुर राना कप भलिबल प्रतियोगिताको उद्घाटन

October 28, 2026
विरुवा बिशेष

तेस्राे मनकामना महाेत्सव-२०८३ तथा मन्दिर समुद्घाटन समाराेहकाे सम्पूर्ण तयारी पूरा

October 25, 2026
दुर्घटना / Accident

स्याङ्जाको बिरुवामा स्कुटर दुर्घटना, ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु

October 23, 2026
समाचार

तमु धिं नेपालमा २२ केन्द्रिय सदस्य मनोनयन

October 17, 2026

ताजा समाचार

तेस्रो मनकामना महोत्सव : आयोजक मनकामना रातो फाइनलमा प्रवेश

बिरुवा खबर
October 29, 2026
0

तेस्रो मनकामना महोत्सवमा साही फलफूललाई हराउँदै बिरुवा विजयी

बिरुवा खबर
October 29, 2026
0

मनकामना महोत्सवमा होमबहादुर राना कप भलिबल प्रतियोगिताको उद्घाटन

बिरुवा खबर
October 28, 2026
0

तेस्राे मनकामना महाेत्सव-२०८३ तथा मन्दिर समुद्घाटन समाराेहकाे सम्पूर्ण तयारी पूरा

बिरुवा खबर
October 25, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन