बिरुवा खबर | गहते, स्याङ्जा
स्याङ्जाको बिरुवा गाउँपालिका–७, गहतेमा जारी तेस्रो मनकामना महोत्सव तथा दोस्रो होमबहादुर राना कपअन्तर्गत भलिबल प्रतियोगितामा आयोजक टोली मनकामना रातो फाइनलमा प्रवेश गरेको छ।
सेमिफाइनल खेलमा मनकामना रातोले विधान स्पोर्ट हाउसलाई सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो। प्रतिस्पर्धात्मक खेलमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ३–० को जित निकाल्यो।
प्रतियोगिताको पहिलो र दोस्रो सेटमा समान २५–१५ को जित निकालेको मनकामना रातोले तेस्रो सेटमा २५–२१ को नतिजा आफ्नो पक्षमा पार्दै फाइनल यात्रा सुनिश्चित गर्यो।
गण्डकी प्रदेशका पूर्वकप्तान हरि पाण्डेसमेत सहभागी विधान स्पोर्ट हाउसलाई पराजित गर्दै आयोजक टोलीले आफ्नो बलियो उपस्थिति देखाएको छ। सुरुवाती दुई सेटमा स्पष्ट अग्रता बनाएको मनकामना रातोले तेस्रो सेटमा पनि लय कायम राख्दै जित हासिल गरेको हो।
खेलमा नवीन थापाले प्रमुख रेफ्री तथा सुमन थापाले सहायक रेफ्रीको भूमिका निर्वाह गरेका थिए।
सेटगत नतिजा :
- पहिलो सेट : मनकामना रातो २५–१५ विधान स्पोर्ट हाउस
- दोस्रो सेट : मनकामना रातो २५–१५ विधान स्पोर्ट हाउस
- तेस्रो सेट : मनकामना रातो २५–२१ विधान स्पोर्ट हाउस
- अन्तिम नतिजा : मनकामना रातो ३–० विधान सपोर्ट हाउस
फाइनलमा स्थान सुरक्षित गरेसँगै आयोजक टोली मनकामना रातो उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। महोत्सवअन्तर्गत सञ्चालन भइरहेको भलिबल प्रतियोगिताले स्थानीय खेलप्रेमीको उत्साह बढाएको छ।
















प्रतिक्रिया लेख्नुहोस्:-