माघ २६, स्याङ्जा
स्याङ्जाको विरुवा गाउँपालिका–२ तुलसीचौरमा भलिबल खेलको समुद्घाटन भएको छ । जुनकिरी युवा क्लबको ३७औ बार्षिकोत्सको अवसरमा आयोजित पुरुष तथा भेट्रान्स भलिबल खेलको समुद्घाटन गरिएको हो । औपचारीक कार्यक्रममा प्रमुख अतिथि मंगोल नेश्नल अर्गनाईजेनका केन्द्रिय सदस्य शिब बहादुर गुरुङद्धारा प्रतियोगितामा प्रमुख अतिथि द्धारा भलिबल रेफ्रिलाई बल हस्तान्तरण गरी समुत्घाटन सुरु गरिएको थियो ।
कार्यक्रममा गाउँबासी तथा छिमेकी गाउँ का विभिन्न संस्थामा प्रतिनिधिहरुको उपस्थितिमा औपचारीक कार्यक्रम गरी गरिएको थियो । उक्त समुद्घाटन खेलमा जुनकिरी युवा क्लब आयोजन विरुद्ध लालिगुराँस युवा क्लब विचको खेलमा लालिगुराँले सोजो सेटमा पराजित गर्दै दोस्रो राउनमा प्रवेस गरेको छ । खेल भोलिदेखी निरन्तर हुने जानकारी आयोजकले दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-