चैत्र ७, पोखरा
समाजसेवी तथा सामाजिक अभियन्ता दुर्गा धोताने (मिलन) गुरूङलाई तमू धि नेपालमा स्वागत सम्मान गरिएको छ । एक महिनाको नेपाल बसाई पछि केही दिनमा हङकङ प्रस्थान गर्नुहुने गुरुङलाई शुखद यात्राको कामना गर्दै स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा गुरुङले तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको सफताको शुभकामना व्यक्त गर्दै पत्रकारिता प्रत्साहन पुरस्कारको लागि रू १लाख ५१हजार अक्षयकोष स्थानपनाको लागि प्रदान गर्ने घोषणा गर्नु भएको छ ।
गुरुङको समाजिक सहयोग तथा संस्थालाई गर्नुभएको सहयोग प्रति तमु सञ्चारकर्मी संघ केन्द्रिय तथा जिल्ला समितिद्धारा हार्दिक धन्यवाद व्यक्त गर्दै सम्पूर्ण कार्यहरुमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । यस अघि कोभिड महामारीको समयमा वहाबाट प्रेस ज्याकेट ३५ वटा नगद रकम सहयोय प्रदान गर्नु भएकने थियो। कार्यक्रम केन्द्रीय समिति र कास्की जिल्ला समितिले सयुक्त आयोजना गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-