चैत्र १७, पोखरा,
नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि जितेको छ। खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा ८७ औं मिनेटमा डाँगीले गोल गरेपछि नेपाल २–१ ले विजयी भएको हो । यसअघि १७ औं मिनेटमा लाओसलाई अग्रता लिएपनि नेपालले २४ औं मिनेटमा बराबरी गरेको थियो । त्यसपछिको खेलमा नेपालले एक गोल थप्दा घरेलु टिम विजयी बन्यो ।
पालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेता लाओस्ल २ हजार ५०० अमेरिकी डलरमा चित्त बुझाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-