चैत १८ , शनिबार, पोखरा
पोखरा(९ न्युरोड स्थित गोर्खा बराह भवनमा रहेको गोर्खाली रेडियो ९१०६ मेघाहर्ज० स्थापना भएको १३ औं बार्षिकोत्सम मनाएको छ । १३औं वार्षिकोत्सव समारोह आज चैत १८ गते शनिबार पोखरा(१० स्थित रोयल दिदीबहिनी किचनको सभाहलमा सम्पन्न भएको थियो ।
ूआफ्नोपन आफ्नो पहिचान, सबल नेपाल हाम्रो अभियानू भन्ने मुल नाराका साथ वीर भारतीय, बृटिस तथा सिंगापुर पुलिस फोर्सका अवकाशप्राप्त गोर्खाहरुद्वारा संचालित रेडियो हो ।
गोर्खा कम्युनिटीद्वारा प्रवर्द्दित एवं गोर्खा सहकारी सञ्चार संस्था लिमिटेडद्वारा संचालित गोर्खाली रेडियो १०६ मेघाहर्जको १३औं वार्षिकोत्सब समारोह रोधिं टेलिभिजनको सहकार्यमा आज १११औं शृङ्खला ९क,ख,ग० सँगै गीतसंगीतको साथमा मनाएका थिए ।
यसै क्रममा गुरुङ ब्युटी पार्लरका संचालक, गण्डकी प्रदेश सभाका पूर्व सभा सदस्य एवं वरिष्ठ सञ्चारकर्मी मिना गुरुङले केक काटेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
यसैगरी गोर्खाली रेडियोका स्टेशन म्यानेजर खिमा गुरुङले रेडियोको बारेमा संक्षिप्त परिचय दिएकी थिइन् भने रोधिं टेलिभिजनका कार्यक्रम प्रस्तोता बालकाशी गुरुङले रोधिं टिमको परिचय दिंदै कार्यक्रमलाई अगाडि बढाएकी थिइन् ।
यसरी सम्पन्न गोर्खाली रेडियोको १३औं वार्षिकोत्सव समारोहमा उपस्थित गोर्खा कम्युनिटीका सेयर होल्डर्स, रेडियो कार्यसमिति, रेडियो स्टाफ र आमन्त्रित पाहुनाहरुलाई रोधिं कार्यक्रमका लोक दोहोरी गीत मार्फत भरपुर मनोरञ्जन दिलाएका थिए भने अन्तमा रेडियोका अध्यक्ष सु.मे. श्री प्रसाद गुरुङले कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवादका साथमा कार्यक्रमको बिट मारेको थियो ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-