बैशाख २०, विरुवा, स्याङ्गजा
स्याङजाको विरुवा गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा बाल विकास देखी कक्षा ८ सम्म अध्यनरत विद्यार्थीहरुलाई स्टेसनरी सामान तथा झोला वितरण गरिएको छ । संविभान सभा सदस्य अमृता थापाको पहलमा चाईना फाउण्डेशन फर रुलल ठेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोअपरेशन फर ठेभलपमेन्टको संयोजकत्वजमा वितरण गरिएको हो । कार्यक्रममा सम्पूर्ण विद्यालर्थीहरुलाई १६९१ थान स्टेशहनरीका सामान सहित झोला वितरण गरिएको थियो । कार्यक्रमले विद्यार्थीहरुलाई अध्यनमा थप प्रोत्साहन मिल्ने उद्देश्यले नवज्योति मा.वि.मा कार्यक्रम गरि वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि थापाले वितरण गरिएको शैक्षिक सामाग्रीले बालबालिकालाई अध्यनमा उत्प्रेरित गरे यो पहलको सार्थकता हुने भन्दै सहयोगी संस्था विरुवा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा सवैलाई धन्यवाद दिनुभएको थियो ।
विशेष अतिथि पालिका अध्यक्ष सुर्य कँुवरले उक्त पहलको लागी माननिय अमृता थापा र चाईना फाउण्डेशनलाई धन्यवाद दिनुभयो ।
कार्यक्र विद्यालय व्यवस्थापन समितिका सदस्य श्री हिमाल जंघ के.सीको अध्यक्षतामा पालिका अध्यक्ष सुर्य कुँवर, कार्यपालिका सदस्य पहलसिंह वि.क. कावा प्र.अ. दिपक वाग्ले, शिक्षा तथा शिक्षा शाखा प्रमुख जिवलाल भुक्षाल वडा सदस्य नारायण थापा, ग्लोवल कर्पाेरशन फर डेभलपमेन्टका उक्तम कार्की, अशिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन गुरु प्रकाश वाग्लेले गर्नुभएको थियो । त्यस्तै जनजागृति प्रा.विमा पनि व्यवस्थापन समितिका अध्यक्ष लष्मी के.सीको अध्यक्षता र सहायक प्र.अ गिता गाहा मगरद्धारा कार्यक्रम संचालन गरी वितरण गरिएको थियो । सोही दिन पालिमा रहेको ३३ ओटा सामुदायिक विद्यालयहरुमध्ये ३१ ओटा विद्यालयका सम्बन्धित शिक्षकहरुलाई शैक्षिक सामाग्री हस्तान्तर गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-