२४ बैशाख, पोखरा
तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालको कास्की शाखामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तमु धीं नेपालको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रमा संघका अध्यक्ष चित्र बहादुर गुरुङ (लाला)को अध्यक्षता र संस्थापक संयोजक हुम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । भर्खर सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिले संस्थालाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा विभिन्न जिल्ला शाखाहरुसंग अन्तरक्रिया गर्दै कास्की शाखामा पनि केन्द्र र शाखाका कार्यसमिति विच अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा आगमी दिन संघले केन्द्र र शाखाहरुको समन्वयमा सामाजिक संस्थागत गतिविधिहरु पार्दर्शी र एकरुपता गराउने, नयाँ सदस्यहरुमा प्रोत्साहन, सदस्यहरुमा थप डिजिटल ट्रेनिङहरु आदि गराउने विषयमा छलफल भएको थियो ।















प्रतिक्रिया लेख्नुहोस्:-