१५, जेष्ठ, पोखरा,
नेपाली महिला भलिबलकी सलिना श्रेष्ठ काभा महिला भलिबल च्यालेन्ज कपको उत्कृष्ट लिवेरो घोषित भएकी छिन् । प्रतियोगिताभर सानदार प्रदर्शन गरेकी सलिनाले अन्य ७ देशका लिवेरोलाई पछि पार्दै उक्त अवार्ड प्राप्त गरेकी हुन् ।
नेपालले उज्वेकस्तानलाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो । नेपाल सेमिफाइनलमा काजकिस्तानसँग ३-२ को सेटमा पराजित भएपछि सलिनाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । नेपाल भारतसँग समूह चरणको खेलमा ३-१ को सेटमा पराजित हुँदा पनि उच्च प्रदर्शन गरेकी थिइन् । समग्र प्रतियोगिताभर उनले उच्च प्रदर्शन गरिन् ।
भारतकी कप्तान तथा आउटसाइड हिटर निर्मल च्यालेन्ज कपकै सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । काजकस्तानकी बोला युताएभा पहिलो उत्कृष्ट आउट साइड हिटर तथा भारतकी अनुश्री पोइली दोस्रो बेस्ट आउटसाइड हिटर भइन् ।
भारतकी सुर्या थोतांगाल पहिलो बेस्ट मिडल ब्लकर तथा उज्वेकिस्तानकी खोडी साखोन दोस्रो उत्कृष्ट मिडल ब्लकर भइन् । भारतकी कोभट साजी जिनी उत्कृष्ट सेटर भइन् । उनीहरु सबैले ट्रफी हात पारिन् ।
भारतले फाइनलमा काजकिस्तानलाई सोझो सेटमा पराजित गर्दै च्याम्यियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको फाइनलमा भारतले काजाकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो ।
भारतले काजाकिस्तानलाई २५–१५, २५–२२ र २५– ले हराउँदै उपाधि जितेको हो । नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै तेस्रो भएको थियो
प्रतिक्रिया लेख्नुहोस्:-