१६ असार, पोखरा
तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित गरिव तथा जेहेन्दार तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम यही असार १६ गते, शनिबार लमजुङ र गोर्खामा सप्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्वमा निवर्तमान अध्यक्ष चिजकाजी तमु, सचिव कन्चन तमु, सह-कोषाध्यक्ष ओमबहादुर तमु र सदस्य लक्ष्मी तमुको समूह लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा गइ एक कार्यक्रम बीच छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष चिजकाजी तमु, अमर माध्यमिक विद्यालयका सह-प्रधानाध्यापक ज्ञानुमाया नखोला, छात्रवृत्ति प्राप्त विद्यार्थी सन्ध्या तमुले मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचीव कन्चन तमुले सन्चालन गरेको थियो । यस कार्यक्रम सम्पन्न गर्नलाई तमु प्ये ल्हु संघ केन्द्रीय क्ल्हेप्री समितिका उपाध्यक्ष सन्तोष टु तमुले समन्वयात्मक भूमिका निभाउनु भएको थियो । यसै दिन संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुको नेतृत्वमा द्वितिय उपाध्यक्ष डमरबहादुर तमु, सह-सचीव भेषबहादुर तमु, कोषाध्यक्ष श्यामबहादुर तमु, सदस्यहरु लोकबहादुर तमु र मणिलाल तमुको अर्को समूह गोर्खा जिल्लाको सदरमुकाम गोर्खा बजारमा गइ छात्रवृत्ति वितरण गरेको हो ।
तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खा जिल्ला समितिको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा ह्युलाका अध्यक्ष रामबहादुर तमु, संस्थाका सदस्य लोकबहादुर तमु र विद्यार्थी युनिका तमुले मन्तव्य राख्नुभएको थियो । संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रम सचिव भेषबहादुर तमुले संचालन गर्नुभएको थियो । पोखरामा ८३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिसकेपछी गोर्खा र लमजुङका ३७ जना विद्यार्थीहरुलाई यस कार्यक्रमहरुमा छात्रवृत्ति वितरण गरेको जानकारी अध्यक्ष तमुले दिनुभयो । साथै अन्य जिल्लाहरुमा पनि छात्रवृत्ति वितरण कार्यक्रम विभिन्न मिति र समयमा विभिन्न माध्यमबाट आयोजना गरि सप्पन्न गर्ने योजना रहेको कुरा प्रथम उपाध्यक्ष तमुले बताउनु भयो ।
प्रतिक्रिया लेख्नुहोस्:-