कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यातायात कार्यालयमा सेवाग्राहीको चाप, कर्मचारी अभाव

बिरुवा खबर बिरुवा खबर
समाचार
August 3, 2023
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१८ साउन, पोखरा

दैनिक सरदर दुई हजार सेवाग्राही आउने कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) २१ कर्मचारीका भरमा चलेको छ । सोही कार्यालयको सवारीतर्फ ३४ कर्मचारीको दरबन्दी रहेकामा आधा मात्र कर्मचारी छन् ।

यातायात व्यवस्था कार्यालय कास्कीसहित बागलुङ, तनहुँ र नवपुलरमा पनि जनशक्ति अभाव देखिएको कार्यालयका प्रमुख जीतेन्द्रजङ्ग केसीले जानकारी दिए । सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको उनको भनाइ थियो ।

अस्थायी कर्मचारीको करार अवधि गत असार मसान्तमा सकिएपछि समस्या निम्तिएको केसीले बताए । उनका अनुसार करार सेवामा कर्मचारी नियुक्त गर्ने विषयमा प्रदेश सरकारले अहिलेसम्म निर्णय नगर्दा अन्योलता सिर्जना भएको छ ।

‘एक त दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति हुन सकेको छैन, अर्कातर्फ अस्थायी कर्मचारीको पनि करार थप भएको छैन”, प्रमुख केसीले भने, ‘यही अवस्था रहिरहे सेवा प्रवाहमा समस्या आउन सक्छ ।’ पटक-पटक माग गर्दा पनि प्रदेश सरकारले कर्मचारीको प्रबन्ध गर्न नसकेको उनले गुनासो गरे ।

थप पाँच/छ जना खरिदार तथा सुब्बासरहका कर्मचारी र केही कार्यालय सहयोगी भए सेवा प्रवाहमा सहजता थपिने प्रमुख केसीले उल्लेख गरे । ‘हामीले धेरै माग गरेका छैनौँ, पाँच/छ कर्मचारी सरुवा गरेर पठाइदिनुस् भनेका छौँ, तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन’, उनले भने ।

सवारीतर्फका कार्यालय प्रमुख डिल्ली रिजालले कर्मचारी अभावका कारण कार्यसम्पादन प्रभावकारी हुन नसकेको बताए । ‘यातायात कार्यालय सेवाग्राहीको चाप हुने ठाउँ हो, प्रदेश सरकारले यसतर्फ विशेष ध्यान दिएर कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्छ’, उनले भने, ‘अस्थायी’करारमा कर्मचारी नियुक्त गर्ने विषयमा छिटो निर्णय गरेमा सहज हुने थियो ।’

प्रमुख रिजालका अनुसार यहाँ दैनिक सातदेखि आठ सय सेवाग्राही दैनिक आउने गरेका छन् । एक वर्षमा एक लाख ९० हजार बढीले सेवा लिएका कार्यालयले जनाएको छ । ‘चैत र असार मसान्तको समयमा दैनिक दुई हजार पाँच सयदेखि तीन हजारले सेवा दिएको तथ्याङ्क छ’, उनले भने ।

बागलुङस्थित यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिँह थापाले कर्मचारी अभावका कारण अतिरक्त समयमासमेत सेवा दिने गरिएको बताए । उनका अनुसार कार्यालयमा रहेका चार अस्थायी कर्मचारीको करार अवधि सकिएपछि नयाँ नियुक्ती हुन सकेको छैन । अहिले १९ जनाको दरबन्दी रहेकामा १२ कर्मचारी कार्यरत रहेका उनले जानकारी दिए ।

‘चारपाङ्गे सवारी चालक अनुमतिपत्रको परीक्षा पनि बागलुङबाटै सञ्चालन गर्ने तयारी भइरहेको छ’, थापाले भने, ‘सेवा थप भएसँगै कर्मचारी पनि थप गर्नुपर्ने हुन्छ ।’ उनका अनुसार अहिले दैनिक तीन सय सेवाग्राही आउने गरेका छन् ।

गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले यातायात कार्यालयमा कर्मचारी अभाव रहे पनि सेवा नरोकिएको बताए ।

‘दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा केही कठिनाई भएको छ । कर्मचारीको नियुक्ती र पदस्थापनको काम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गर्ने हो”, उनले भने, ‘अस्थायी नियुक्ती पनि प्रक्रियामा छ, निर्णय भएर आइसकेको छैन ।’

प्रवक्ता पौडेलले मन्त्रालयअन्तर्गतका कार्यालय र निकायमा दरबन्दी अनुसार कर्मचारी पदपूर्तिका लागि पहल भइरहेको जानकारी दिए । उनका अनुसार न्यून जनशक्ति हुँदा पनि कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र)ले बिहानी सेवा पनि दिइरहेको छ ।

राजस्व, बायोमेट्रिक, लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा बिहान ८ बजेदेखि सुरु हुने कार्यालयका सूचना अधिकारी भेषराज अधिकारीले जानकारी दिए ।

दिउँसोमा सेवाग्राहीको चाप थेगिनसक्नु भएपछि कार्यालयले बिहानैदेखि सेवा दिन थालेको उनको भनाइ थियो । उनका अनुसार करिब ३० प्रतिशत सेवाग्राहीले दस बजेअघि नै सेवा लिइसक्छन् । घण्टौँ लाममा बस्नुपर्ने स्थिति हटेको छ ।

राजस्व बुझाउनेदेखि ‘लाइसेन्स’को प्रयोगात्मक परीक्षा ‘ट्रायल’ सम्मका सेवा बिहानैदेखि सुरु गरिएको सूचना अधिकारी अधिकारीले बताए ।

‘बिहान ८ बजेदेखि सेवामा जुटिसक्छौँ, कार्यालय खुल्दा बाहिर सेवाग्राहीको चहलपहल बढीसक्छ’, उनले भने, ‘पहिले १० बजे कार्यालय खुल्दा १२ बजेसम्म सेवाग्राहीको धेरै चाप हुन्थ्यो, अहिले १० बजे करिब ३० प्रतिशत काम भइसक्छ ।’

कार्यालयले लाइसेन्स नवीकरणका लागि अनलाइन भुक्तानी सेवा पनि सुरु जानकारी दिँदै प्रवक्ता पौडेलले यातायात कार्यालयको छवि सुधार्ने गरी व्यवस्थापकीय सुधारदेखि सेवामा स्तरीकरणको पहल थालिएको बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन