कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

२९औं विश्व आदिवासी दिवसः कोशी नामांकरणविरुद्धको आन्दोलनका शहिदलाई मरणोपरान्त सम्मान, घाइतेलाई सहयोग

बिरुवा खबर बिरुवा खबर
समाचार
August 10, 2023
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २४ साउन ।

२९ औं विश्व आदिवासी दिवस बुधबार विश्वभर विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा नेपालमा पनि विशेष कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइएको छ । महासंघले यस वर्ष ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौंं’ भन्ने राष्ट्रिय मूल नारा तय गरेर दिवस मनाएको हो । संयुक्त राष्ट्र संघले यस वर्ष २९ औं विश्व आदिवासी दिवसको सन्दर्भमा ‘आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा’ भन्ने अन्तर्राष्ट्रिय मूल नारा तय गरेको थियो । महासंघले बुधबार बिहान नेपालमा बसोबास गर्ने विभिन्न आदिवासी जनजाति सम्वद्ध संघसंस्थाहरूको भेषभूषा, संस्कृति झल्किने झाँकीसहितको र्‍याली समेत प्रदर्शन गरेको थियो । यस वर्ष महासंघले प्रदेश १ लाई कोशी प्रदेश नामांकरणविरुद्धको आन्दोलनसँग जोडेर विश्व आदिवासी दिवसलाई मनाएको थियो ।

भृकुटीमण्डपबाट सुरु भएको र्‍याली कमलादीस्थित प्रज्ञाभवनमा पुगेर मूल समारोहमा परिणत भएको थियो । महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कोशी विरुद्धको आन्दोलनका शहिद सहित तीन जनालाई सम्मान यसैबीच त्यस अवसरमा कोशी प्रदेश नामांकरण विरुद्धको आन्दोलनमा शहिद भएका पदमबहादुर लिम्बू लाजेहाङलाई मरणोमरान्त सम्मान गरिएको थियो । प्रधानमन्त्री प्रचण्डले शहिद लाजेहाङका बुवा छत्रबहादुर लिम्बूलाई सम्मान गरेका हुन् । उनलाई महासंघले नगद २५ हजार रुपैयाँ सहित सम्मान गरेको हो । प्रदेश नम्बर १ प्रदेशसभाले कोशी नामांकरण गरेपछि पहिचान पक्षधरहरूले किरात प्रदेश नामांकरण गर्नुपर्ने आन्दोलन चर्काएको अवस्थामा गत चैत ५ गते प्रहरी प्रशासनले अश्रुग्याँस प्रहार गर्दा शहिद लाजेहाङ घाइते भएका थिए । उनको चैत १० गते उपचारका क्रममा बिपी अस्पताल धरानमा मृत्यु भएको थियो । उनलाई अहिले संघीय सरकारले शहिद घोषणा समेत गरिहसकेको छ । त्यसैगरी सोही आन्दोलनमा घाइते भएका भएका गजेन्द्र फागोलाई बुधबार नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो । कार्यक्रममा महासंघका संस्थापक महासचिव (प्रमुख) सुरेश आलेमगरलाई नेपालमा आदिवासी जनजाति आन्दोलन उठाउन महत्वपूर्ण योगदान गरेको भन्दै सम्मानित गरिएको महासंघका महासचिव दिवस राईले जानकारी दिए । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले प्रदेश नम्बर १ को समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । भगवती पाण्डेले आदिवासी जनजातिको अपमान हुनेगरी दिएको अभिव्यक्तिपछि भएको आन्दोलनका क्रममा प्रशासनले महिलाहरूमाथि ज्यादती गरेको भन्दै उनले उक्त घटनाका दोषीलाई कारबाही गर्न समेत माग गरे । उनले पाण्डेलाई समेत तत्काल कारबाही गर्न माग गरे । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री अशोक राई, नेपाली कांग्रेसका नेता जीपछिरिङ लामा, महासंघका सल्लाहकार जगत बराम, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष निमी शेर्पा, किरात राई यायोख्खाका अध्यक्ष जीवन हाताचो राई, किरात याक्थुम चुम्लुङका अध्यक्ष तथा प्रदेश १ पुनः नामांकरण संयुक्त संघर्ष समितिका संयोजक प्रेम एक्तेन, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, महासंघका बरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती लगायतले आगामी वर्षदेखि सरकारले विश्व आदिवासी दिवस मनाउनुपर्ने बताए । दिवसको अपनत्व राज्यले लिनुपर्ने भन्दै उनीहरूले कोशीमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरे । उनीहरूले आदिवासी जनजातिको संस्कार, संस्कृतिमाथि कसैले धावा बोल्न खोजे वा अपमान गर्न खोजे अब सहेर नबस्ने समेत बताए । त्यस अवसरमा माझी समुदायको हुती नाच, कुमाल समुदायको पाङ्दुरे, छन्त्याल समुदायको सोरठी, ह्योल्मो र शेर्पा समुदायको स्याब्रु, गुरुङ समुदायको कौह्रा, मगर समुदायको पैस्यारु, राई समुदायको साकेला, तामाङ समुदायको डम्फूसेलो लगायतका नृत्य प्रस्तुत गरिएको थियो । विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन