२६ श्रावण, पोखरा
नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ (फोनिज)को २४ औं स्थापना दिवसको अवसरमा पुरुष तथा महिला मैत्री पूर्ण फुट्सल टुनामेन्ट प्रतियोगितामा नेपाल पत्रकार महासंघ कास्की प्रथम भएको छ । आदिवासी जनजाती (फोनिज) २–१ ले हार वेहोर्नु परे हो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि, टाइबे्रकरमा २–१ ले फोनिजलाई महासंघले पराजित गरेका थिए । त्यसैगरी, महिला मैत्री पूर्ण फुट्सल टुनामेन्ट प्रतियोगितामा पनि पत्रकार महासंघ कास्कीले प्रथम स्थान हात पार्न सफल भएको छ । महासंघ र फोनिजको निर्धारित समयमा बराबरी भएका कारण टाइब्रेकरमा ३–२ले महासंघले फोनिजलाई पराजित गरेका थिए । प्रथम भएका समुहरुलाई नेपाल आदिवासी जनाजाति गण्डकी प्रदेशका इन्चार्ज एमविआस्था मगर, प्रदेश अध्यक्ष रुद्रश्रीस मगर, जिल्ला अध्यक्ष दिल प्रसाद गुरुङ लगायतले मेडल प्रमाण पत्र र ट्रफी प्रदान गर्नुभएको थियो ।
त्यसैगरी सहभागिहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । नेपाल आदिबासी जनजाति फोनिजको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले गर्नुभएको थियो । उक्त अवसरमा बोल्नुहुुँदै मन्त्री सिंखडाले फुट्सल माध्यामबाट मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा चिनउन सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलकुद विकासका लागि सवै लाग्नुपर्नेमा जोड दिनुहुँदै, प्रदेशले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । खेल स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण भएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष रुद्रश्रीस मगरको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महा–सचिव सुमन गुरुङले गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-