कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अधिकार प्राप्तिका लागि क्षेत्रीय राजनीतिक शक्ति निर्माण आवाश्यक

बिरुवा खबर बिरुवा खबर
समाचार
August 31, 2023
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १३ भदौ

आदिवासी जनजातिका अधिकार प्राप्तिका लागि क्षेत्रीय राजनीतिक निर्माणका साथै सशक्त आन्दोलन आवाश्यक रहेको बताइएको छ। आदिवासी जनजाति संघर्ष समिति गण्डकीले बुधवार पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालका आयोजित कार्यक्रमका वक्ताहरुले अधिकार प्राप्तिका लागि आफ्नै राजनीतिक शक्ति र सशक्त आन्दोलन आवाश्यक रहेकोमा जोड दिएका हुन। कार्यक्रममा लेखक, साहित्यकार एवम राजनीतिक विष्लेषक खगेन्द्र संगौंला, राजनीतिक विष्लेषक डम्बर खतिवडा र अधिकारकर्मी वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले आदिवासी जनजाति साँस्कृतिक समुह हुदै अब राजनीतिक निर्णायक शक्ति बन्नुपर्नेमा जोड दिनुभएको हो। लेखक, साहित्यकार एवम राजनीतिक विष्लेषक खगेन्द्र संगौंलाले अन्र्तक्रिया कार्यक्रममा विचार व्यक्त गर्नुहुदै नेपाली जनताले पटक पटक आन्दोलन गरी व्यवस्थाहरु परिवर्तन गरे पनि सोंच र व्यवहारमा शासकत्व यथावत रहेकाले विभेदमा पारिएका महसुस गरेका आदिवासी जनजातिले अधिकार प्राप्तिका लागि क्षेत्रीय राजनीतिक शक्ति निर्माण र सशक्त आन्दोलन गर्नुपर्ने बताउनुभयो। मधेसमा लामो समयदेखि राजनीतिक शक्तिको अभ्यास र एकिकृत आन्दोलनले नै प्रदेशको नाम मधेश र विभिन्न अधिकार स्थापित गर्न सकेको हो भने पुर्वमा कोशी नामाकरण खारेजी गरी किराँत लिम्वुवान प्रदेश नामाकरणका लागि पहिचानको आन्दोलन गाउँ टोल टोलमा पुगेकाले सकरात्मक परिणामको अपेक्षा रहेको उहाँको भनाई थियो। अर्का वक्ता राजनीतिक विश्लेषक डम्बर खतिवडाले आदिवासी जनजाति आन्दोलन राष्ट्रिय मुक्तिको आन्दोलन, समतामुलक समाज निर्माण, समान अधिकारका लागि आन्दोलन भएको बताउनुभयो। उहाँले आन्दोलन परिणाममुखी बनाउन साँस्कृतिक समुहलाइ राजनीतिक प्रादेशिक शक्तिको रुपमा विकास गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय चरित्रको पार्टीको आवाश्यकता छ, त्यसका लागि आदिवासी जनजाति आन्दोलन राजनीतिक शक्तिको रुपमा रुपान्तरण गर्न सक्नुपर्नेमा जोड दिनुभयो। अहिलेका पुराना पार्टी र नेताहरुबाट आदिवासी जनजातिका अधिकार अपेक्षा गर्न नसक्ने भएकाले आफ्नै राजनितिक शक्ति निर्माण जरुरी रहेको बताउनुभयो। अधिकारकर्मी वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले पहिलो संविधानसभा विघटन हुनु नै नेपालका आदिवासी जनजातिहरुले प्राप्त हुने अधिकार खोसिएको बताउनुभयो। आन्दोलनहरुले व्यवस्थाा परिवर्तन गरे पनि अझै पनि राज्य एकल नै भएको उहाँको भनाई थियो। आदिवासी जनजातिका विगतको आन्दोलनको समिक्षा गर्दै सचेततनापुर्व राजनीतिक शक्ति निर्माणका साथ आन्दोलित हुन सकिए अधिकार प्राप्ति हुदै जाने उहाँको भनाई थियो। अन्तरक्रियामा सहभागीहरुको जिज्ञासाका वारेमा वक्ताहरु संग्रौला, खतिवडा र थापामगरले प्रष्ट पार्नुभएको थियो। आदिवासी जनजाति संघर्ष समिति गण्डकीका संयोजक धर्मबहादुर गुृरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक हुमबहादुर गुरुङले स्वागत, आदिवासी जनजाति महासंघ गण्डकी सचिव तथा संघर्ष समिति युवा सचिव तोरन गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन