१७ भाद्रा पोखरा
लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारीको १५ औँं वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति
चयन गरेको छ । संस्थाको शनिबार भएको अधिवेशनले उपाध्यक्षमा कृष्णप्रसाद तिवारी र लक्ष्मी बाँस्तोला, सचिव शिवप्रसाद न्यौपाने, कोषाध्यक्ष रामप्रसाद तिवारीलाई चुनेको छ । सञ्चालक समिति सदस्यमा निर्मला पौडेल, देवबहादुर सुनार र पूर्णिमा खनाल छन् भने समितिको लेखा समिति संयोजकमा केदारनाथ लामिछाने र सदस्यमा गोमा लामिछाने र माधवप्रसाद तिवारी छन् । सभामा सहकारीका संस्थापक अध्यक्ष हुमनाथ बास्तोलाले वर्तमान अवस्थामा सहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गराउँदै सहकारीले मितव्ययिताको सिद्धान्तलाई आत्मसात गर्नुपर्ने बताए ।
कार्यक्रममा सहकारीसँग आवद्ध सेयर सदस्यका छोराछोरीमध्ये कक्षा १२ उत्तीर्ण ६ जना, संस्थाका कार्यकारी निर्देशक शंकरप्रसाद पौडेल, उत्कृष्ट कर्मचारी कृष्ण कुवँर, पिएचडी गर्ने सेयर सदस्य विष्णुप्रसाद तिमिल्सेना र डाक्टर गणेश न्यौपानेलाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हिमालय ओझा, कोषाध्यक्ष शिवप्रसाद न्यौपाने, सचिव कृष्णप्रसाद तिवारी, कार्यकारी प्रमुख शंकरप्रसाद पौडेल लगायतले बोलेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-