पोखरा,
नेपाली महिलाहरुको महान पर्वजको अवसरमा पोखरा महानगर पालिका वडा नं ३३ को पानीटंकी स्थित राखिएको ७ औं तिज महोत्सव तथा खुल्ला जुनियर पुरुष भलिवल प्रतियोगिताकमा कालिका तोरीचौर महिला समुहले प्रथम स्थान हासिल गरेको छ भने जुनियर पुरुष भलिवल प्रतियोगिताकमा मनियाल डांडाको भलिवल टिमले जित हात पारेको छ । हरेक वर्ष जस्तै यस पनि समाजमा विक्रिती र विसंगतीका विरुद्ध जनचेतना मुलक गीतका माध्यबाट सकरात्म सन्देश दिने उदेस्यका साथ आयोजना भएको ७ औं तिज महोत्सव तथा खुल्ला जुनियर पुरुष भलिवल प्रतियोगिता गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धिराज गुरुङले समुद्घाटन गरे । उनले नेपाली कला संस्कृति संरक्षणमा जोड दिँदै वागमारा युवा संगम समुहले निरन्तररुपमा आयोजना गर्दै आएको महोत्सवको सफलताको शुभकामना दिए । उनले रीतिरिवाज र पहिचान कसैले पनि तोड्न नहुने भन्दै यसखालका मेला महोत्सवले आर्थिक गतिविधि चलायमानमा टेवा मिल्ने बताए । संविधानले निर्दिष्ट गरेका महिलाको हक अधिकार प्राप्तिमा आफूले सक्दो पहल गर्ने उनको प्रतिबद्धता थियो । सामुदायिक सेवाकेन्द्र जिल्ला समन्वय समिती कास्किका अध्यक्ष भिम पराजुलि भलिबल खेलको विकासमा वागमारा युवा संगम समुहको योगदान अतुलनीय रहेको बताए । उनले प्रदेशमा विभिन्न खेलकुदका गतिविधि निरन्तर गर्नका लागि जिल्ला समन्वय समितीले सधैं अभिभावकीय भूमिका खेल्ने बताए । संस्थाका अध्यक्ष महेश अर्यालले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले विषम परिस्थितिबीच पनि महोत्सव आयोजना गरिएको बताए । उनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सह सचिव सन्देश अधिकारीले गरेका थिए । कार्यक्रम सञ्चालन श्रीधर आचार्यले गरेका थिए । महोत्सवको मुख्य आकर्षण खुल्ला जुनियर पुरुष भलिवल प्रतियोगिता तथा तिज गीत प्रतियोगिता रहेको थियो । खुला तीज गीत प्रतियोगितामा ५ टिमले भाग लिएको निर्णायक संयोजक गौमाया हिताङ बताइन । सदस्यमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश अनुशासन विभाग प्रमुख राम प्रसाद ढकाल रहेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-