कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली सेनाद्धारा मुक्तिनाथ मन्दिर परिसरमा दर्शनार्थीमैत्री विश्रामस्थल निर्माण

बिरुवा खबर बिरुवा खबर
समाचार
October 3, 2023
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आश्विन १६, मुस्ताङ ।
नेपाली सेना पश्चिम पृतना हेडक्वाटरले मुक्तिनाथ मन्दिर परिसरमा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई लक्षित गरी विश्रामस्थल निर्माण गरेको छ । हालै निर्माण सम्पन्न भएको प्रारम्भिक स्वास्थ्य परीक्षण कक्ष तथा शौचालय सहितको दर्शनार्थीमैत्री विश्राम स्थल एक कार्यक्रमका बीच पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी दिपक कुमार बांनियाले उद्घाटन गरे ।
नेपाली सेनाको युद्ध बाहेकका सैनिक अपरेशनहरुलाई थप प्रभावकारी बनाउने लक्ष्य अनुरुप नागरिक–सैनिक सम्बन्ध अभिबृद्धि गर्न, बिकट क्षेत्रमा बसोबास गर्ने नेपाली सेनाका हिताधिकारीहरु साथै अधिकांश÷बहुसंख्यक स्थानीयहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने किसिमले प्रत्येक बर्ष उपयुक्त जनहित कार्यहरुको छनौट गरी कार्यान्वयनमा ल्याउने नेपाली सेनाको नीति अनुसार निर्माण गरिएको उक्त संरचना वारागुङ मुक्ति क्षेत्र गाँउपालिकाका उप प्रमुख ढिकी गुरुङ तथा मुक्तिनाथ बिकास समितिका अध्यक्ष तथा मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई संयुक्त रुपमा हस्तान्तरण समेत गरेका छन ।
सो अवसरमा वोल्दै पश्चिम पृतनाका पृतनापति उपरथी दिपक कुमार बांनियाले मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि बहुउपयोगी निर्मित संरचनाको स्याहार सम्भार र दिगो नागरिक सैनिक सम्बन्धकोे स्मरणीय नमुनाको रुपमा रहुन भन्ने कामना गरे । नेपालकै एक महत्वपूर्ण पर्यटकीय तथा धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध रहेको मुक्तिक्षेत्रमा वर्षेनी लाखौ संख्यामा आउने आन्तरिक तथा बाह्य धार्मिक तिर्थाटन तथा पर्यटकहरुलाईप्रत्यक्ष रुपमा लाभ पु¥याउने उद्देश्यका साथ उक्त विश्रामस्थल निर्माण गरिएको बताउदै बानियाले समुन्द्र सतहदेखि ३८०० मिटर उचाईमा रहेको मुक्तिनाथ मन्दिर परिसरबाट मन्दिरसम्म जाने बाटोमा मन्दिर दर्शन गर्न आउने भक्तजनहरु तथा पर्यटकहरुलाई उकालो भ¥याङ्ग उक्लंदा कठिनाई हुने र ब्अगतभ ःयगलतबष्ल क्ष्अपलभकक (ब्ःक्)जस्ता स्वास्थ्य समस्या देखिने भएकोले दर्शनार्थी मैत्री विश्रामस्थल प्राथमिक उपचार प्रदान गर्न तथा आराम गर्नको लागि निकै उपयोगी सावित हुने बताए ।
करिव १ रोपनी क्षेत्रफलमा र निर्माण भएको बहुउपयोगी नवनिर्मित संरचनामा पार्केटिङ्ग सहितको मेडिकल कक्ष जसमा दुइ वटा अक्सिजन सिलिण्डर सहितको २ वटा मेडिकल वेड एवं विभिन्न किसिमका अवश्यक मेडिकल ईक्यूपमेन्ट तथा औषधीहरु, पुरुष र महिलामैत्री छुट्टाछुट्टै शौचालय, विश्रामको लागि १९ गोटा बेन्चहरु लगायतका संरचनाहरु रहेका छन्। आकस्मिक थप उपचार गर्नु परेमा नजिकै ५० मिटरको दुरीमा हेलिप्याड समेत रहेकोछ भने विश्रामस्थल पछाडीको ईलाकामा एक हजार स्क्वायर फिट बराबर नेपालको हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने गरी “नेपालको नक्शा“ समेत निर्माण गरिएको छ । उक्त संरचना निर्माणका लागि पश्चिम पृतना हेड क्वार्टरबाट ८ लाख ६७ हजार, सामाजिक विकास कार्यालय, मुस्ताङ्गबाट आठ लाख र नेपाली सेनाको श्रमदान वापत ४७ लाख ६० हजार गरी कुल ६४ लाख २७ हजार लागतमा निर्माण सम्पन्न भएको हो ।


उक्त योजनाले नेपाली सेना प्रति जनमानसमा सकारात्मक धारणा प्रवाह भई नागरिक–सैनिक सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने र नेपाली सेनाको छवि राष्ट्रिय तहमा मात्र नभई अन्तराष्ट्रिय तहमा समेत उच्च रहने विश्वास लिईएको छ ।
उद्घाटन तथा हस्तान्तरण समारोह पश्चात श्री सैनिक अस्पताल पोखरा, श्री नं.२३ फिल्ड एम्बुलेन्स गुल्म, श्री नारायणदल गण, वारागुङ्ग मुक्ति क्षेत्र गांउपालिका तथा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङ्गसंगको सहकार्यमा भक्तजन तथा स्थानीयहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा श्रीसैनिक अस्पताल पोखरा तथा श्रीनं.२३ फि.ए गुल्मका डाक्टर अधिकृतहरु सहितको टोलीले ५० जनालाई स्वास्थ्य सेवा प्रदानगरिएको थियो ।
उक्त कार्यक्रममा श्री नं २३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रोशन खड्का श्री नं.घ बाहिनी अड्डाका सहायक बाहिनीपति महा सेनानी बिजितराज रेग्मी (पिएच.डि.), श्री सैनिक उच्च शिखर शिक्षालयका शिक्षाधिकृत महा सेनानी सुनिल सिंह राठौर, सैनिक अस्पताल पोखराका निमित्त कमाण्डाण्ट प्रा.म.से.डा.अजय राज भण्डारी , श्री नारायणदल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटवाल लगायता श्री पश्चिम पृतना अन्तर्गत युनिटका युनिट पति तथा सकल दर्जा, स्थानीय जनप्रतिनिधिहरु, जिल्ला स्थित सरकारी निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, पत्रकार, बुद्धिजिवी, भक्तजन तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन