पोखरा, २७ माघ
स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा आफनो हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारा सहित आयोजना गरिएको कार्यक्रममा ७५ युनिट रगत संकलन भयोे ।
यस अघि कार्यक्रमको उद्घाटन विद्यालयका पुर्व विद्यार्थी तिर्थ श्रेष्ठले पहिलो रक्तदाता विद्यालयकी शिक्षिका जिता पौडेल र विद्यालयका शिक्षक अभिभावक संघका सदस्य दिपक पौडेललाई ब्लड ब्याग दिएर गरेका थिए भने विद्यालयका प्रधानाध्यापक ईश्वरी सापकोटाले अन्तिममा रक्तदान गरेर कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा विद्यालयका बर्तमान र पुर्व विद्यार्थीहरु, बर्तमान र पुर्व शिक्षक÷कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्यहरु, सर्वसाधारण लगायतले रक्तदान गरेका थिए ।
२० मंसिर ०८० मा आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गरेको विद्यालयले हीरक महोत्सव २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरि मनाईरहेको छ । यस अघि गत २० मंसिरमा प्रभातफेरी सगै हीरक महोत्वको शुभारम्भ गरिएको थियो । हिरक महोत्सव अन्र्तगत रक्तदान कार्यक्रम गरिएको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष रमेश प्रसाद पौडेलले जानकारी दिए ।
हीरक महोत्सव अन्र्तगत आउदो फागुनमा चित्रकला र कविता प्रतियोगिता गरिने भएको छ । यसै गरि ८ बैशाख ०८१ मा विद्यालयमा अध्य्यन गरेका पुर्व विद्यार्थी, पुर्व शिक्षक÷कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्यहरु बिच परिचय सगै अनुभव आदान प्रदानको गर्ने उदेश्यले पुनमिलन समारोह आयोजना गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाले जानकारी दिए । पुनमिलन सगै सोही दिन विभिन्न मनोरञ्जनात्कम र सास्कृतिक कार्यक्रमहरु गरिने राणाले जानकारी दिए ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-