कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उपद्रव गर्नेलाई संवद्र्धित गरेको पुरस्कार टिकेन

बिरुवा खबर बिरुवा खबर
समाचार, मुख्य समाचार, राजनीति
February 26, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
पोखरा । राजनीतिक पार्टीहरुले एन.जि.ओ. र आई.एन.जि.ओ.को प्रभावमा परी नयाँ सामाजिक प्रथा ल्याउन प्रयत्न बारम्बार गर्दै आईरहेका छन् । तर सस्तो लोकप्रियता र डलरवादी संघ संस्थाको प्रभावमा परि ल्याउन खोजिएका प्रथाहरु त्यति प्रभावकारी सावित हुन सकेनन् । २०६२/०६३ को आन्दोलन पश्चात चलाउन खोजिएका प्रचलनहरु जुन रकमको लेनदेन संग सम्बन्धित थिए त्यस्तो चलन चलाउन खोज्ने सरकारको त्यति वेलाको निर्णय अहिले हाँसो लाग्दो उरन्ठेउलो कदम जस्तो ठानिएकोछ ।
१० वर्षे हिंसात्मक जनयुद्धकालमा माओवादीले आफ्ना कार्यकताहरुको बीचमा अन्तरजातीय विवाह गराउने प्रचलन गराए अनुसार धेरै छापामार एवं दलित बीचको विवाहलाई प्राथमिकता दिइएको थियो । दलित र गैर दलित वीच गरिएको विवाह करिव शतप्रतिशत जति नै असफल भएभने छिटपुट २/४ जना बाँकी रहेकाहरु समेत अहिले माओवादी पार्टीबाटै अलग भएकाछन् । अन्तरजातीय विवाह त माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशबाटै शुरुमै तोडिएको थियो भने अन्यले पनि क्रमश त्यसलाई तोड्दै लगे ।
जनयुद्धकालमा पार्टीले गराईदिएका विवाहहरु करिव ९८ प्रतिशत असफल भए । माओवादीले गरेका सुधारको नक्कल गर्दै एमालेले गर्न खोजको काम पञ्चतन्त्रमा बाँदरले दाह्री काटे जस्तै हुन गयो । कटुवाल काण्ड पश्चात सत्ताबाट प्रचन्ड हटेपछि प्रधानमन्त्री बन्न पुगेका माधव नेपालले दलित र गैर दलित बीचको विवाहलाई प्रोत्साहित गर्न पुरस्कारको समेत राज्यस्तरबाट व्यवस्था गरिदिए । यस्तो खालको विवाह गर्ने दम्पतीलाई तत्कालै १ लाख पुरस्कार जुन एक किसिमको उपहार नै थियो, त्यसको रौनक उत्कर्षमै पुग्यो । एकलाख पाउने लोभमा धेरै विवाह बन्धनमा बाँधिए । संभवत शहरका कुनाकाप्चामा एउटा सानो सानो घडेरी आउने पैसा थियो त्यो । एकलाख रकम बुझेर जोडाजोडीहरु केहीदिन संम आनान्दपुर्वक घुमफिर त गरे तर उक्त रकम सिद्धिएपछि ति जोडाजोडी कहिल्यै पनि नजोडिने गरि छुट्टिए ।
कतिपय जोडाजोडीले उधारो उपहार वा पुरस्कारमा विवाह गरेका थिए । जिल्ला प्रशासन कार्यालयबाट विवाहको प्रमाणपत्र पाएपनि पछिल्लो चरणमा बजेट नआएको भनि पुरस्कार दिन छाडिएपछि धेरै युवायुवती पछुताए । आखिरमा भावनात्मक रुपमा नभै प्रलोभनमा गरिएका विवाहहरु टिक्दैनन् भन्ने यसबाट देखियो । जनस्तरबाट विधवा (एकल) महिलाहरुले रातो पोशाक लगाउन चलाएको अभियानले भने सार्थकता पायो ।
पोशाक धर्म सँग त्यति सम्बन्धित थिएन र कुनै वेला रंगको प्रभावलाई मध्यनजर गरी विधवा (एकल) महिलालाई रातो पोशाक र रंगलाई प्रयोग गर्न तत्कालिन समाजले लगाएको रोक थियो । रातो रंगलाई (यौन) उत्तेजनाको प्रतीक मानिन्छ भने सफेद (स्वेत) रंगलाई इन्द्रिय, मष्तिष्कलाई शान्त राख्न सघाउने रंगको रुपमा लिइन्छ । यो मान्यता नेपाल भारतमा मात्र नभै विश्वव्यापी रुपमा रहेकोछ । चिकित्सकहरुले प्रयोग गर्ने एप्रोन सेतो रंगको हुनुमा उपचार एवं सेवा कार्य गर्दा शान्त भएर गर्न बल मिलोस् भन्ने रहेकोछ । राजनीतिक पार्टीहरु र विशेष गरी क्रान्तिकारीहरुले जोश र उत्तेजना बृद्धि गर्ने रातो रंगको प्रयोग गर्नुको उद्देश्य पनि यही हो ।
जेहादीहरुले कालो रंगको प्रयोग गर्नुको उद्देश्य दायँवायाँ सोच्न, तर्कवितर्क गर्नबाट रोक लगाउने रंग (मुर्खताको प्रतीक) भएकोले हो । अहिले फ्रायड र माक्र्स मुर्लाेको दर्शनले गास, बास, कपास र सहवाशलाई मानवीय आधारभुत आवश्यकता अन्तर्गत गरेको व्याख्या विश्लेषण एथेन्टिक सावित भएकोछ । अन्ध धर्मभीरुहरुले यौनलाई जुन रुपमा ब्याख्या गरेका तर स्वयम आफु भने त्यसको विपरितमा रहेकाछन् । अहिले रंगको प्रभावको के कुरा यौन उत्तेजना बढाउन यावत खालका महंगा औषधिहरु नै उत्पादन र सहज रुपमा बजारिकरण भैरहेकाछन् । यसको बारेमा चर्चा यति गरे पुग्ला ।
एन जि.ओ. र आई एन.जि.ओ का सञ्चालकहरुको प्रभावमा परी माओवादीले त्यति वेला भन्दै आएको माधव नेपाल नेतृत्वको कठपुतली सरकारले विधवा विवाहलाई पनि पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेको थियो । तर सो घोषणालाई विधवा (एकल) महिलाहरुले नै व्यापक विरोध गरेको हुनाले कार्यान्वयनमा आउन सकेन । आफ्ना स–साना बालवालिका छाडेर विवाह गरेका महिलाहरुको संख्या जति बढाउन सक्यो उती नै सडक बालवालिकाको संख्या बढ्ने र विशेष गरी सडक बालबालिकाको नाममा एन.जि.ओ र आई.एन.जि.ओ खोली डलर ल्याइरहेका संस्थाहरुको प्रभावमा परी सरकारले विधवा विवाहलाई प्रोत्साहन र पुरस्कार गर्ने कार्यक्रम ल्याएको थियो । विवाह गरी अर्काे पुरुष सँग घरजम गरेपछि पहिलाका पुरुषले जन्माएका बच्चाहरुलाई दोश्रो पुरुषले नस्वीकार्ने र आमाले छाडेर गएपछि ति बालबच्चाहरु सडकमा आउने गरेका दृष्टान्तबाट हौशिएर डलरवादीहरुले सरकारलाई त्यस्तो घोषण गर्न लगाएका थिए ।
Machhapuchare News Weakly

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन