बिरुवा खबर, पोखरा
ब्राजिलको अमेजन बनको अर्काे नाम वर्षा वन पनि हो । बाताबरण एवं पर्यावरणीय दृष्टिकोणले अती महत्वपूर्ण मानिने यो जंगललाई जोगाउन अन्तर्राष्ट्रिय तवरबाट गहन पहलकदमीको पनि अति जरुरी देखिन्छ । अमेजन वर्षावन ब्राजिलको चुनावमा पनि इश्यूको रुपमा रहेकोछ । पछिल्लो पाँच महिना यताको परिणामले यो देखिएको छ की वनविनाशको गति ५० प्रतिशतले घटेकोछ । परिवर्तित सरकारको कारणले यो परिणाम आएको हो । सन् १०१९ देखी २०२२ सम्म ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले अमेजन वर्षा वनमा रुख काट्ने तस्कर र डढेलो लगाउने पशुपालहरुलाई समर्थन गरेको हुनाले वन विनास बढेर गएको थियो ।
बोल्सोनारोले नियामका निकायलाई समेत कमजोर र अधिकारविहिन तुल्याएको कारणले वन विनाश कार्य बढेको थियो । गतवर्षको राष्ट्रपतिय चुनावमा अमेजन वर्षावन पनि चुनावी नारा बनेको थियो र मतदाताले बोल्सोनारोलाई हटाउने निणर्य गरी लुइज इनासियो लुला द सिल्मालाई विजय गराएका थिए । लुला वन संरक्षणमा अहिले सम्म प्रतिवद्ध नै रहेकाछन् । शसस्त्र संघीय वलले पनि अवैध फडानी र खनन कार्यलाई रोकी राखेको छ । अवैध समुहका प्रयुक्त उपकरणहरु पनि जफत गरेकोछ । अमेजन क्षेत्रमा कानुनी शासन लागु गराउन राष्ट्रपति लुको सामु ठुलो चुनौती पनि रहेकाछ ।
अमेजन क्षेत्रको भूमि दावी गर्ने संस्थाहरुको संख्या २२ रहेको र यिनिहरुले दावी गरेको जमिन दर्ता गर्न निकै सक्रियता पनि देखाएका छन् । ब्राजिलको अमेजन क्षेत्रको ठुलो हिस्सा अर्थात २९ प्रतिशत भुमि अनिर्धारित भुमिको रुपमा बर्गिकरण गरिएकोछ । अनिर्धारित भुमि भनेको सार्वजनिक भूमि हो । यो जमिनलाई प्रकृतिक आरक्षित वा जनजाती आदिवासी आरक्षित हुने वा अन्य कुनै नाममा जाने हो भन्नेमा कुनै निक्र्योल हुन सकेको छैन । वर्षा वनको स्वामित्व अस्पष्ट छ र विनाशको मामिलालाई जटिल बनाएकोछ । स्थानीय अधिकारीहरुले अत्रिक्रमणकारीहरुलाई सहने काम गरे भने वनविनास गर्ने अवैध कार्यलाई बढवा मिल्नेछ । पशुपालकहरुले बन जंगल फाडेर र जलाएर गाईवस्तुलाई चराएर उक्त भूमि नियन्त्रण गर्ने कार्यमा जोड दिने गर्दछन् । विगतमा नियन्त्रणमा लिएका जमिनहरु उनीहरके स्वामित्वमा हुनेछन् । भन्ने विश्वास पनि कतिपयमा हुने गरेको छ । लुलाले भूमि हडप्ने क्रमलाई रोक्न अनिर्धारित भूमिलाई संरक्षित भुमिको रुपमा वर्गिकरण गरी सवै सम्पत्तीलाई एकिकृत प्रणालिमा समेट्ने योजना बनाएकाछन् ।
राज्य, स्थानीय नेता, कृषि तथा खानी स्वार्थ समुह वीचको घनिष्ट सम्बन्धलाई हेर्ने हो भने लुलाको योजना चुनौति पूर्ण रहेकोछ । किनकी यि स्वार्थ समुहहरुले सरकारी योजनाको प्रतिरोधमा उत्रने सम्भावना प्रवल छ ।
अमेजन वर्षा वनले कार्वन भण्डारण, जैविक विविधताको संरक्षण र दक्षिण अमेरिकालाई जीवन्त राख्ने वर्षाको निआमकका रुपमा काम गर्दछ । अमेजन वर्षा वनमाथिको अतिक्रमणले विश्वव्यायी प्रकोप निम्त्याउने संभावना प्रति वैज्ञानिकहरु चिन्तित छन् । यसर्थ यो वनको संरक्षणमा विश्वस्तरवाट आर्थिक सहयोगको अपरिहार्यता देखिन्छ । डिसम्बर १ मा कोप बैठकमा लुलाले विकासोन्मुख मुलुकमा वन संरक्षणको लागी अन्तराष्ट्रिय स्तरबाट आर्थिक सहयोगका लागी आह्वान गरेकाछन् । उनका वातावरण मन्त्रिद्धारा प्रति हेक्टर वनका लागी दुई खर्व ५० अर्व डलर कोषको माग गरिएकोछ ।
बैकल्पिक जीविकोपार्जनको व्यवस्था नभएसम्म सख्त कानुनले मात्र वन विनाशलाई
रोक्न सक्दैन । यदि लुलाले सो वनमा आश्रित अवैध उत्खननकर्ता र गाईवस्तु पालकलाई उचित जीविकोपार्जनको विकल्प नदिई दण्डात्मक उपायको सहाराबाट संरक्षणको नीति कार्यान्वयन गर्नपट्टी लागेको खण्डमा अर्काे चुनावमा लुला पनि गतवर्ष को झै गरी
बोल्सोनारो जस्तै अर्काे चुनावमा पराजित हुनेछन् । यसमा धनी राष्ट्रको योगदान एवं स्वयं ब्राजिल पनि
विदेशीहरुसंग मार्गदर्शनको प्राप्तीमा तदारुकता, विशेषज्ञता र सहयोगका लागी पहिले भन्दा गहनशील हुन आवश्यक छ ।
–द इकोनोमिस्ट बाट
प्रतिक्रिया लेख्नुहोस्:-