कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मानव बेचविखनको स्वरुप फेरिएको छ, अवस्था उस्तै छ

बिरुवा खबर बिरुवा खबर
समाचार, मुख्य समाचार
April 1, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा
सरोकारवालाहरुले गण्डकी प्रदेशमा मानव बेचविखनको स्वरुप फेरिएको बताएका छन् । पोखरा थिएटरमा आइतबार भएको ‘गण्डकी प्रदेशमा मानव वेचविखनको अवस्था र स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले अहिले गण्डकीमा मानव बेचविखनको स्वरुप फेरिएपनि अवस्था उस्तै रहेको बताएका हुन् ।
कार्यक्रममा शक्ति समूह नेपालकी अध्यक्ष चरिमाया तामाङले मानव बेचविखनको स्वरुप र तरिका फेरिएपनि अवस्था उस्तै रहेको बताइन् । उनले होटल, स्पा, रेष्टुरेन्ट जस्ता कुरालाई व्यवस्थित तरिकाले लग्न नसक्दा समाजमा मानव बेचविखन विस्तार हुँदै गएको उल्लेख गरिन् ।
पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले होटल, स्पा, रेष्टुरेन्टमा हुने अवैध गतिविधिको अनुगमन गरिरहेको बताइन् । कारवाहीको अधिकार स्थानीय तहलाई नहुँदा अनुगमन प्रभावकारी हुन नसकेको उनले सुनाइन् । ‘हामी अनुगमन त गर्छाैं । तर, हामीलाई कारवाहीको अधिकारी नहुँदा अनुगमन प्रभावकारी हुन सकेको छैन ।’
अहिले पनि बेचविखनमा परेका पीडितहरु समाजमा पुनस्र्थापना हुन कठिन हुने अवस्था रहेको शक्ति समूह नेपालकी हरिमायाले सुनाइन् । पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवीले मानव बेचबिखनमा परेकाहरुलाई समाजमा पुनस्र्थापनाका लागि महानगरले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । उनले पीडितलाई लक्षित गर्दै सञ्चालन गरेको कार्यक्रमले उनीहरुलाई पुनस्र्थापना हुन सजिलो भएको दाबी गरिन् ।
कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले रात्रिकालिन मनोरञ्जनमा वेश्यावृत्तिका लागि बढी मानव बेचविखन हुने गरेको बताए । ‘वेश्यावृत्तिका लागि बढी बेचविखन भएको देखिन्छ । त्यसमा पनि १८ वर्षभन्दा मुनिका बालबालिका बढी पीडित भएको देखिन्छ,’ उनले भने, ‘खाजाघर, रेस्टुरेन्ट, दोहोरी जस्ता रात्रिकालिन मनोरञ्जनमा वेश्यावृत्तिका लागि मानव बेचविखन भएको पाइन्छ ।’
प्रदेशमा छुट्टै कानुन नबनाएपनि मानव बेचविखनको विषय छलफल हुने गरेको प्रदेश सभा सदस्य सरस्वती गुरुङले बताइन् । ‘कसरी मानव बेचविखनलाई कम गर्न सक्छौं भनेर समितिमा छलफल गरिराखेका छौं । आफ्नो छुट्टै ऐन चाहिँ गण्डकी प्रदेशले बनाउन सकेको छैन । मानव बेचविखनको कुरा संविधानको धाराअनुसार नै गर्नुपर्ने हुँदा त्यसमा हामीले बनाएका छैनौं,’ उनले भनिन् ।
सरकारी वकिल कार्यालय कास्कीका न्यायाधिवक्ता गोपालप्रसाद ढकालले गोपनियताका डरले पनि मानव बेचविखनको घटना बाहिर नआउने गरेको बताए । ‘बाहिर जान खोज्नुहुन्न । सक्नुहुन्न । सूचनाका कारणले, सचेतनाको कमीले पनि बाहिर आउन सकेको छैनन्,’ उनले भने ।
कार्यक्रम शक्ति समूहसँगको सहकार्यमा पब्लिक फोरके टेलिभिजनले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई पोखरा थियटर र फ्रि अ गर्ल सघाएका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन