प्रतिष्ठानद्वारा एक दिने तालिम २४ चैत, पोखरा तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा तमु विद्यार्थीहरुका लागि एक दिने “कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण” कार्यक्रम यही शनिबार पोखरा नदीपुर स्थित माउन्ट अन्नपूर्ण मा.वि.को सभाहलमा सम्पन्न भएको छ । संस्थाका सल्लाहकार एवम् मुख्यमन्त्री कार्यालय गण्डकीका उपसचिव तेज च्हाक्ली तमु, कानूनी सल्लाहकार एवम् व्यास विद्याश्रम बोर्डिङ स्कुलका फाउण्डर प्रिन्सिपल कर्ण बहादुर तमु, संस्थाका निवर्तमान अध्यक्ष चिजकाजी तमु लगायतले व्यानरमा हस्ताक्षर गरि समुद्घाटन गरिएको यस कार्यक्रममा कानूनी सचेतना सम्बन्धि नागरिक संवाद केन्द्र गण्डकीका प्रमुख अधिवक्ता जुनाकुमारी तमुले र वक्तृत्वकला सम्बन्धि रेडियो नेपाल प्रादेशिक प्रशारण गण्डकीका उप-प्रमुख शान्ती तमुले सहजीकरण गर्नुभएको थियो । ३० जना प्रशिक्षार्थीहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमले आफुहरुलाई जीवनमा प्रयोग हुने ज्ञान र सीप प्राप्त हुनुका साथमा सचेत बनाएकोले अति नै जीवनोपयोगी शिक्षा हासिल गरेको कुरा प्रशिक्षार्थीहरुले व्यक्त गरे । संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सचिव कन्चन तमु र सदस्य लोकबहादुर तमुले संचालन गर्नुभएको थियो ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-