चैत्र २६, पोखरा
स्याङजाको हरिनास गाउँपालिका वडा नं २मा सातौं प्यार्सिङ्ग कप भलिबल प्रतियोगिता सुरु भएको छ । श्री न्यु सुर्याेदाय युवा परिवारको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भईरहेकोछ । वडा नं २का अध्यक्ष प्रमुख आतिथ्यतामो भलिबल रेफ्रिलाई बल हस्तान्तरण गरी प्रतियोगिताको समुद्घाटन गरिएका थियो । भलिबल उद्घाटन खेलमा आयोजक विरुद्ध सुनखरी विच भएको थियो जसमा २–१ ले पराजित गर्दै सुनखरी दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । प्रतियोगितामा खेलहरु सञ्चालन भईरहेको छ, त्यस्तै टिमहरुको सहभागीता हुने क्रम जारी रहेकोछ ।
प्रतियोगिताको समुद्घाटन कार्यक्रममा वडा नं २का जनप्रतिनिधिहरु अविनास थापा, निरु सार्की, धनमाया क्षत्री, जनकल्याण मा.वि.का प्रधानध्यापक लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । भलिबल प्रतियोगिता २०८० चैत्र २५ देखी २०८० बैशाख १ गते सम्म चल्ने क्लब अध्यक्ष डोल बहादुर थापाले जानकारी गराउनुभएको छ ।















प्रतिक्रिया लेख्नुहोस्:-