कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य प्रतिबद्धता

बिरुवा खबर बिरुवा खबर
समाचार
April 27, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बर्दिबास, १५ वैशाख ।
पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ । मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायका वक्ताले शनिबार बर्दिबासमा आयोजित कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
अन्तरप्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तक्र्रियाबारे तीनदिने कार्यक्रम लिएर मधेश प्रदेश गएको टेवान पोखराको स्वागतार्थ होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले आयोजना गरेको दिगो पर्यटनका लागि समान सहभागिता विषयक अन्तक्र्रियामा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समीर) ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताए ।
नवनियुक्त मन्त्री भट्टराईले प्रादेशिक व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मधेशमा पर्यटनको विकास र प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार रहेको जानकारी दिँदै विधेयक दर्तासँगै पर्यटन बोर्ड गठन गर्ने बताए । मधेश प्रदेशका ८ जिल्लामध्ये प्रत्येक जिल्लामा कम्तीमा एक ठाउँलाई पर्यटकीय क्षेत्र विकास गर्ने योजना रहेको उनले बताए । उनले पोखरा आएको पर्यटक कसरी मधेश ल्याउने तथा मधेश घुम्न आउने पर्यटक पोखरा कसरी पठाउने भन्नेबारे प्याकेज घोषणा गर्नुपर्छ भने । गण्डकी–मधेशबीच हवाई सेवा संचालन निरन्तरताका लागि छुटको व्यवस्था गरेर भए पनि चाँडै नै अघि बढाउनुपर्नेमा उनको भनाइ थियो । पर्यटक भित्राउन सरकारले के गर्नुपर्छ, त्यस्तो नीति बनाउन तयार रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रले साथ दिनुपर्ने बताए । जानकी मन्दिर र अयोध्या संस्कृति जोड्न चाँडै नै जनकपुर–अयोध्या रेल संचालनको प्रोजेक्ट घोषणा हुने उनको सुनाए ।
मधेशका गृह, संचार तथा कानुन मन्त्री शारदादेवी थापाले तालैतालको सहर पोखरा झैं मठमन्दिरको सहर जनकपुरलाई पनि चिनाउनुपर्ने उनको भनाइ थियो । उनले बर्दिबासको राईमण्डलसहित विभिन्न क्षेत्रको पर्यटनको प्रचूर सम्भावना रहेको बताइन् ।
श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीले पर्यटन क्षेत्र विकासको मेरुदण्ड हो भनिन् । श्रमिकहरुलाई संगठित गरेर रोजगारी दिने क्षेत्र पर्यटन भएको र आयआर्जनको दिशामा अघि बढ्नुपर्नेमा जोड दिइन् । टेवानको सक्रियताप्रति प्रशंसा गर्दै उनले कोही न कोहीले यस्तैखालको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
टेवान अध्यक्ष कमला गिरीले पर्यटन विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य आवश्यक रहेको बताइन् । विगतमा पनि पोखरा–सिमरा तथा पोखरा–जनकपुर उडान भएकोमा पुनः निरन्तरतामा जोड दिइन् । पर्यटनमैत्री नीति नियम बनाउनुपर्ने भन्दै उनले आन्तरिक पर्यटन प्रवद्र्धन गरी यहाँको पैसा बाहिर जान रोक्नुपर्ने बताइन् । बर्दिबासमा पनि अन्तर्राष्ट्रिय सेमिनार, गोष्ठीको पहल गर्नुपर्ने उनको सुझाव दिँदै पर्यटन क्षेत्रमा प्रकृति, संस्कृति, पहुँच, सुविधा, विविध गतिविधि, विज्ञापन लगायतमा ध्यान दिनुपर्ने सुझाव दिइन् ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश संरक्षक विजय झुनझुनवलाले मधेशमा पनि पर्यटन बोर्ड स्थापनाको जोड दिए ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश अध्यक्ष हिरालाल गौतमले मधेश प्रदेशका नाका खोल्नुपर्नेमा जोड दिए । बर्दिबासमा हतियार कारखानाको पुरातात्विक महत्व रहेको चर्चा गर्दै उनले पर्यटन क्षेत्रमा विनियोजित रकम खर्च गरेमात्रै धेरै काम हुन सक्ने विचार व्यक्त गरे । होटल संघ मधेश प्रदेश निकै सक्रिय रहेको उनको दाबी थियो ।
नाट्टा मधेश प्रदेश अध्यक्ष एवं नेपाल होटल तथा पर्यटन व्यवसायी मधेशका निवर्तमान महासचिव मोहन शर्मा लामिछानेले मधेश र गण्डकी प्रदेशबीच विगतमा झैं सहकार्यको आवश्यक रहेको बताए । उनले गढिमाई भ्रमण वर्ष घोषणा गर्नुपर्ने बताए ।
कार्यक्रममा बर्दिबास उद्योग वाणिज्य संघ अध्यक्ष विष्णुबहादुर खड्का, समाजसेवी केदार कोइराला, पर्यटन व्यवसायी तवरेज आलम, पत्रकार विशाल बस्नेत, सागरराज तिमिल्सिना, विजय नेपाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरी अध्यक्ष गुञ्जबहादुर कार्की (गोपाल) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरी सदस्य विनोद भण्डारी र संचालन महासचिव नारायण घिमिरेले गरेका थिए ।
कार्यक्रममा मिथिला उद्योग वाणिज्य संघ अध्यक्ष सन्तोष साह, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका संस्थापक अध्यक्ष दीपेन्द्र पराजुली, चन्द्रनिगाहापुर उद्योग वाणिज्य संघ अध्यक्ष उदयनारायण सापकोटा, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेशका महासचिव वैकुण्ठ सापकोटा, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका निवर्तमान अध्यक्ष रेवन्त कार्की सुदीप, संगीतकार पूर्ण परियार, विभिन्न संघसंस्थाका प्रतिनिधि, टेवान पदाधिकारी एवं सदस्य लगायतको उपस्थिति थियो ।
टेवान टोलीले विभिन्न आन्तरिक पर्यटन प्रवद्र्धनका लागि तीनदिने कार्यक्रमअन्तर्गत त्यस क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया गरेको छ । टोलीले शुक्रबार वीरगञ्ज उद्योग वाणिज्य संघसँग अन्तक्र्रिया गरेको थियो । टोलीले वीरगञ्ज, बाराको गढीमाई मन्दिर, जनकपुरधाम, बर्दिबास, टुटेश्वर, पञ्चमाई मन्दिर, भरत ताल आसपासका धार्मिक एवं पर्यटकीय क्षेत्रको भ्रमण गरेको टेवान सचिव एवं कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले बताइन् । पोखराका पर्यटन व्यवसायी महिलाहरुको सक्रियता २०७४ सालमा टेवान स्थापना भएको हो ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन