हेमजा, १० असार
धवलागिरी बोर्डिङ स्कुल पोखरा २५ हेमजाको आयोजनामा एस.ई.ई गायन प्रतियोगिता २०८१ हुने भएको छ ।
प्रतियोगिता यही असार १४ गते बिद्यालयको सभाकक्षमा हुनेछ । एस.ई.ई दिएर बसेका बिद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजारको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत लोकगीत, आधुनिक तथा पप गीत गाउन पाइनेछ भने प्रतियोगिले ५ मिनेटमा प्रस्तुति सक्नुपर्ने छ ।
प्रतियोगितामा सहभागी हुनका लागि २०८० सालमा एस.ई.ई दिएको हुने पर्ने छ । साथै नाम दर्ता गराउदा प्रवेश पत्र आवश्यक पर्ने आयोजकले जनाएको छ । नाम दर्ताको अन्तिम मिति यही असार १३ गतेसम्म रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-