पोखरा | काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको छ । विमान करिब ११ बजेतिर दुर्घटना भएको हो । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।
विमानमा १९ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया लेख्नुहोस्:-