पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको स्वास्थ्यको जाँच गरिने अध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुु रोगको समेत परीक्षण गरिनेछ । जसका लागि डा. कुशुम महराको सहयोग मिल्ने उनले बताए ।
“नागरिकको स्वास्थ्यमा हामी संवेदनशील छौं । सामाजिक सुरक्षा भत्ता लिन आउने वृद्ध बुवाआमाहरुको उपचारमा सहयोग मिलोस् भन्ने भावनाले वडाले नै निशुल्क स्वास्थ्य जाँचको सुविधा उपलब्ध गराएको हो ।”, उनले भने । वडाले उपलब्ध गराएको निशुल्क स्वास्थ्य परीक्षणको लाभ लिन उनको अनुरोध छ । स्थानीय तहको दायित्व र कर्तव्य अन्तर्गत आफुहरुले बेलाबेलामा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनले उल्लेख गरे ।
पोखरा महानगरपालिका वडा नं. १३ ले वडाको भौतिक विकास मात्र नभई शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्रभावकारी बनाउन लगानी गरिरहेको छ । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सम्बद्ध सँघसंस्थासँग मिलेर गतिविधि अगाडि बढाइरहेको छ ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-