३२ साउन, पोखरा
पोखरा ३ नदीपुरमा अवस्थित माउन्ट अन्नपूर्ण मा.वि.मा विद्यालयको अतिरिक्त कार्यक्रम अन्तरगत शुक्रबार अन्तरसदनात्मक अङ्ग्रेजी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा क्रमश ६०, ५० र ४५ अङ्क सहित ग्रिन, रेड र येलो हाउस प्रथम, द्धितिय र तृतिय हुन सफल भएका थिए ।
विद्यालयका शैक्षिक निर्देशक अशोक कुमार शाहीले प्रतियोगिताको महत्वलाई प्रकाश पार्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुको पठन क्षमता अभिवृत्तिका साथसाथै आत्मविश्वास बढ्ने कुरा व्यक्त गरेका थिए ।
विजयी विद्यार्थीहरूलाई विद्यालय प्रशासक चित्र गुरूङले अविर लगाई बधाई दिएका यस कार्यक्रम अङ्ग्रेजी विभागका विभागिय प्रमुख उमेश खनाल र शिक्षिका सेजल विजुक्छेले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-