भदौ १०, पोखरा || तमु(गुरुङ) संचारकर्मी संघ कास्कीको आयोजना र सूर्यमुखी तमु समाजको समन्वयमा सञ्चालित ३ दिने नागरिक पत्रकारिता तालिम सम्पन्न भएको छ। सो कार्यक्रम समाजका अध्यक्ष सु. दल बहादुर गुरुङको प्रमुख आतिथ्यतामा र कास्कीका अध्यक्ष युग बहादुर गुरुङको अध्यक्ष्तामा सम्पन्न भएको थियो। कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ कास्कीका अध्यक्ष पञ्च सुब्ब गुरुङ, सूर्यमुखी तमु समाजको संस्थापक अध्यक्ष क्या. प्रेम बहादुर गुरुङ, वरिष्ठ सल्लाहकार हाकिम धन प्रसाद गुरुङ, आमा समिति अध्यक्ष तिल कुमारी गुरुङ, सल्लाहकार सारजन ईन्जिनियर बुद्धि बहादुर गुरुङ, उपाध्यक्ष क्या. देव बहादुर गुरुङ, सचिव लोक बहादुर गुरुङ, भवन निर्माण समितिका पुर्व कोषाध्यक्ष सु. वीर बहादुर गुरुङ र आनन्द धर्म चक्र बौद्ध गुम्बाका अध्यक्ष सु. कमलसिंह गुरुङको उपस्थिती रहेको थियो। सो तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीहरु विर्सना गुरुङ, निरुपा गुरुङ, गंगा गुरुङ, ओम बहादुर गुरुङ र तिल बहादुर गुरुङले तालिमको अनुभव व्यक्त गर्नु भएको थियो। प्रमुख अतिथि सु. दल बहादुर गुरुङले तालिमले समाजका सहभागीहरुलाई तालिममा सिकेको ज्ञानहरुलाई व्यवहारमा उतार्न र गुरुङ संचारकर्मीहरुले आगामी दिनहरुमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। तीन दिनको तालिममा उद्घोषण कला, नागरिक पत्रकारिताको महत्त्व, सामाजिक सञ्जाल व्यवस्थापन, साईबर सुरक्षा, फोटोग्राफी विषयहरुमा वरिष्ठ संचाकर्मी हुम बहादुर गुरुङ, शान्ति गुरुङ, खिमा गुरुङ, शिला गुरुङ, युग बहादुर गुरुङ र सम्राट गुरुङले प्रशिक्षण दिनु भएको थियो। पोखरा महानगरपालिका वडा नं ३०, मुसेटुँडा स्थित सूर्यमुखी बहुउद्देश्यीय सामुदायिक भवन संचालित सो कार्यक्रममा समाजका आमा समिति अध्यक्ष तिल कुमारी गुरुङले स्वागत मन्तव्य र संघका सचिव सम्राट गुरुङले कार्यक्रम संचालन गर्नु भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-