भदौ २२ , शनिबार, पोखरा || तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २२ औं साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । ग्रामिण भेगका तमु समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको यो संस्थाको यश कार्यक्रममा प्रमुख अतिथी संस्थाका पूर्व प्रथम उपाध्यक्ष, वर्तमान सल्लाहकार, स्थापनाकालदेखि निरन्तर संस्थाप्रति योगदान पुर्याइरहनुभएका सफल पर्यटन व्यवसायी एवम् धितालकोट टुर एण्ड ट्राभल्स तथा ब्लु स्टार कार्गोका संचालक एवम् प्रबन्ध निर्देशन श्री हर्कबहादुर तमुले संस्थाले गर्दै आएको काममा गर्व महसुस भएको व्यक्त गर्नुभयो । कार्यक्रममा तमु धीं नेपालका संस्थापक अध्यक्ष तथा संस्थाका अक्षयकोषदाता कर्म तमु, संस्थाका संस्थापक एवम् सल्लाहकार, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, गण्डकी खेलकुद परिषदका संस्थापक सदस्य सचिव तेज तमु, तमु धीं नेपालका अध्यक्ष एवम् कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुम तमु, संस्थाका अक्षयकोषदाता संस्था तमु (गुरुङ) समाज कतारका प्रमुख संरक्षक बील तमु, संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमु लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सचिवद्वारा बर्षभरि संस्थाले गरेको गतिविधिहरुको प्रगती प्रतिवेदन र कोषाध्यक्षद्वारा बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचीव कन्चन तमुले संन्चालन गरेका थिए । यस शैक्षिकसत्र २०८१ को छात्रवृत्ति आगामी असोज ३ र ५ गते वितरण गर्ने जानकारी अध्यक्ष तमुले दिनुभयो ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-