पोखरा || पोखरा महागरपालिका वडा नंं १३मा अवस्थित अन्नपूर्ण टोल बिकास संस्था कुँडहरको तेस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । वडा नंं १३का अध्यक्ष किरण बरालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साभारण सभामा आर्थिक बर्ष २०८०÷८१को लेखा प्रतिवेदन कोषाध्यक्ष रिना गुरुङले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै संस्थाले गर्दै आईरहेको कार्य र भाबी योजनाबारे संस्थाका अध्यक्ष पूर्ण बहादुर गुरुङले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख अतिथि बरालले संस्थाको प्रशंसा गर्दै टोलमा भएको समस्या बारे आफु जानकार रहेको र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो, साथै वडा र संस्था हातेमालो गर्दै विकासको कार्यमा अगाडी बढ्ने प्रतिबद्धता समेत जायर गर्नुभयो ।
सभाले टोलमा रहेको जेष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो । साधारण सभामा १३३ जना आजिवन सदस्यहरुलाई सदस्यता प्रमाणपत्र समेत प्रदान गरिएको थियो । साधारण सभाकै अवसरमा टोल विकास संस्थाले आमा समुह समेत गठन गरेको छ ।
अन्नपूर्ण टोल बिकास संस्था कुडहरको तेस्रो साधारण सभाको अध्यक्षमा संस्थाको अध्यक्ष सु.पूर्ण बहादुर गुरुङ रहनुभएको थियो । सभामा वडा सदस्य सुचिता तामाङ, संस्थाको सल्लाहकारहरु, विभिन्न पदमा आसिन पदाधिकारीहरु लगायत विभिन्न अतिथिहरुको उपस्थितिमा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष बाबुराम सापकोटाले गरेको थियो भने कार्यक्रम सञ्चालन सचिव सन्तोष गुरुङले गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-