अशोज १४, पोखरा,
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीले सरसफाई तथा शुभकामना आदानप्रदान गरेको छ । पोखरा–११मा अवस्थित जयकोट सामुदायिक बनमा रहेको त्रिशक्ती दुर्गा मन्दिर परिसर सफाई गरी शुभकामना आदानप्रदा गरिएको थियो । कार्यक्रममा वडा नंं ११का अध्यक्ष प्रेम प्रसाद कर्माचार्यको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै कर्मचार्यले बिकृती विसंगती रहित समाज निर्माणको कार्यमा योगदान दिदै आईरहेकोमा तारिफ योग्य रहेको बताउनुभयो । प्रमुख अतिथिले आफ्नो एक महिनाको तलब बराबारको कार्यक्रम संस्थाका लागी सहयोग बर्ने बताए ।
उक्त कार्यक्रममा त्रिशक्ति देबी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेश बहादुर कार्की, जयकोट सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष, आमा समुहकी अध्यक्ष, समितिका पदाधिकारीहरू, सदस्यहरू तथा संस्थामा कार्यरत कर्मचारी (ईन्चार्ज) प्र.ज. ज्योती राना र प्र.ज.सुजन थापा सहितकोे उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष शिव बराल र कार्यक्रम सन्चालन सचिब बाबुराम सापकोटाले गर्नु भएको जानकारी संस्थाकी सञ्चालक समिति सदस्य कोपिला श्रीसले बताउनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-