पोखरा, कास्की गुरुङ पर्यटन ब्यबसायी संघ नेपाल (जिटिन ) गण्डकीको आयोजनामा ८००० भन्दा माथिका १४ वटा हिमालका सफल आरोही तेजन गुरुङलाई बधाई तथा सम्मान पोखरामा भव्य तरिकाले गरिएको छ। कार्यक्रम जिटिन गण्डकीका अध्यक्ष किसम कुमारी गुरुङको अध्यक्षता र गण्डकी प्रदेशका उधोग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिटिन गण्डकीका संस्थापक अध्यक्ष तथा कार्यक्रमका संयोजक बोबर जंग गुरुङले स्वागत मन्तब्य, पोखरा पर्यटन परिषदका दित्तीय उपाध्यक्ष चौ बहादुर गुरुङ, पोखरा उधोग वाणिज्य संघका उपाध्यक्ष बलराम आचार्य, तमु धिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, नेपाल पर्यटन बोर्डका अधिकृत कुन्दन मिश्र, नेपाल पर्यटन बोर्डका पुर्व सदस्य गणेश बहादुर भट्टराईले बधाई तथा शुभकामना मन्तब्य राख्नुभएको थियो। सफल आरोही तेजन गुरुङलाई फेटा, माला, भाङ्ग्रा,खादा र सम्मान पत्रले सम्मान गरेको थियो। कार्यक्रममा सम्मानित ब्यक्तित्वले आरोहणको अनुभव सहित सम्पूर्ण नेपाली युवाहरुले आफ्नै देशमा सक्दो योगदान गर्नु पर्ने बताउनुभयो। कार्यक्रमको संचालन जिटिन गण्डकीका महासचिब तुल बहादुर गुरुङले संचालन गर्नुभएको थियो। पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट बाजागाजा सहित र्याली पोखरा, लेकसाईड स्थित क्रिश्टल मलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो। गुरुङले विभिन्न मितिमा आठ हजार मिटरभन्दा बढी उचाइका सगरमाथा, ल्होत्से, अन्नपूर्ण, मकालुु, कन्चनजङ्घा, नान्गा पर्वत, जी टू, जी वान, बोर्ड पिक, के टू, मनास्लुु, धौलागिरि, चोयुु, शिसापन्ज्म हिमालहरू आरोहण गरेका थिए। कार्यक्रममा अर्का आरोही मिङ्मा शेर्पालाई पनि सम्मान गरिएको थियो।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-