पोखरा । तेक्वान्दो प्रशिक्षक रेख माया गुरूङ गण्डकी प्रदेशकै पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्रि बन्न सफल भएकी छन् ।
वर्ल्ड तेक्वान्दोले ताजिकिस्तानमा रेफ्रिहरुको लागि लिएको परिक्षा उर्तिण गर्दै उनी अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल भएकी हुन् । ११ वर्ष उमेरबाट कास्कीबाट तेक्वान्दो खेलमा सर्मपित रेख मायाले तेक्वान्दोको पुम्से र ग्योरेगी दुबैतर्फको परिक्षा उर्तिण गर्दै अन्तर्राष्ट्रिय रेफ्रि बनेकी हुन् । यो परिक्षा उतिैण गरे संगै पुम्सेतर्फ भने उनी नेपालकै एक्ली महिला अन्तर्राष्ट्रिय रेफ्रि भएकी छन् ।
पोखरा १४ काजीपोखरी बस्दै आएकी रेख मायाले पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएकी थिइन् । पाँच भन्दा बढि राष्ट्रिय प्रतियोगिता खेली सकेकी उनले ग्योरेगीतर्फ पाँच स्वर्ण पदक र पुम्सेतर्फ एक दर्जन बढि स्वर्ण पदकमा आफ्नो नाम लेखाएकी छन् ।
कास्की तेक्वान्दो संघकी कार्यसमिति सदस्य समेत रहेकी ३४ वर्षिया रेख मायाले विभिन्न भेट्रान्सतर्फका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै पदक जित्न सफल भएकी छन् । हाल उनले पोखरामा अब्सुल्यट तेक्वान्दो प्रशिक्षण केन्द्र समेत सञ्चालन गर्दै १ सय भन्दा बढि विभिन्न उमेर समुहका यूवा खेलाडीहरुलाई प्रशिक्षण दिंदै आएकी छन् ।
यस भन्दा अघि रेख माया कास्कीमा रहेर पुम्से र ग्योरेगीतर्फको रेफ्रिको भूमिका समेत निर्वाह गरिरहेकी थिइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-